दुर्घटना रोक्न प्रदेश २ को राजमार्गमा टाइमकार्ड लागू !
टाइमकार्डको प्रवन्धले दुर्घटना कम हुने, यात्रुलाई सहज हुने र यातायातको व्यवस्थापन सहज हुने विश्वास गरिएको छ ।

२०७६ असोज ५ आइतबार, बेलुकी ६:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा सवारी साधनका लागि टाईमकार्ड लागू गरिएको छ ।
प्रदेश २ ट्राफिक प्रहरी कार्यालयले प्रदेशअन्तर्गतको २२५ किलोमिटर सडक ५ घण्टा २५ मिनेटभित्र पार गर्ने गरी टाइमकार्ड लागू गरेको हो । पूर्व–पश्चिम राजमार्ग भएर चल्ने सवारी साधनले अब ५ घण्टामा प्रदेश २ अन्तर्गतको सडक खण्ड पार गर्नुपर्ने भएको छ ।
प्रदेश २ ट्राफिक प्रहरी कार्यालय, पथलैयाका अनुसार प्रदेश २ को पूर्वको सीमा सप्तरीको भार्दहदेखि पश्चिम बाराको पथलैयासम्म ५ घण्टा २५ मिनेटसम्म पुग्नुपर्ने हुन्छ ।
सार्वजनिक सवारी साधनलाई भारदहदेखि धनुषाको लालगढसम्मको ११५ किलोमिटरको दूरी २ घण्टा ४५ मिनेटमा पार गर्नुपर्ने गरी टाइमकार्ड लागू भएको छ । यो नियम अनुसार लालगढदेखि पथलैयासम्मको १ सय किलोमिटर दूरी २ घण्टा ४० मिनेटसम्म सबारीसाधनलाई पार गर्नुपर्ने हुन्छ ।
पश्चिमबाट पूर्व्तिर आउने सवारी साधनलाई पथलैयादेखि लालगढसम्मको १ सय किलोमिटरको दूरी २ घण्टा ४० मिनेट र लालगढदेखि भारदहसम्मको १ सय २५ किलोमिटरको दूरी २ घण्टा ४५ मिनेटमा पार गर्नुपर्ने हुन्छ ।
ट्राफिक कार्यालयले छोटो दूरीका लागि पनि टाइम कार्ड बनाएको छ । जसअनुसार भारदहदेखि शम्भुनाथसम्मको ३२ किलोमिटर ४० मिनेटमा, शम्भुनाथदेखि कदमाहासम्मको २२ किलोमिटरको दूरी ३० मिनेटमा र कदमाहादेखि सिरहाको बन्दीपुरसम्मको ४३ किलोमिटरको दूरी ५५ मिनेटमा पार गर्नुपर्नेछ ।
यस्तै बन्दीपुरदेखि धनुषाको लालगढसम्मको २९ किलोमिटर ४० मिनेटमा, लालगढदेखि कर्मैयासम्मको ४९ किलोमिटर दूरी १ घण्टा २० मिनेटमा र कर्मैयादेखि पथलैयासम्मको ५० किलोमिटरको दूरी १ घण्टा २० मिनेटमा पुग्नुपर्ने हुन्छ ।
टाइम कार्डको उल्लंघन गर्ने सवारीसाधनलाई जरिवाना तोकिने ट्राफिक प्रहरीले जनाएको छ । दशैंको बेला सवारी साधनको चाप हुने भएकाले यसलाई व्यवस्थित गर्न प्रदेश २ ले टाइमकार्ड लागू गरेको ट्राफिक प्रहरीको भनाइ छ ।
टाइमकार्डको प्रवन्धले दुर्घटना कम हुने, यात्रुलाई सहज हुने र यातायातको व्यवस्थापन सहज हुने विश्वास गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…