सर्लाहीका एक पूर्वसांसदले प्रहरीलाई दिए ६० थान साइकल
प्रहरी उपरीक्षक भट्टराईले सीमित स्रोतसाधनमा काम गर्न बाध्य नेपाल प्रहरीलाई यस्ताखाले साधनले गुणस्तरीय सेवा प्रदान गर्न निकै टेवा पुग्ने बताए ।

२०७६ असोज ४ शनिबार, दिउँसो १२:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीका एक पूर्वसांसदले आफ्ना जिल्लाका प्रहरीलाई ‘साइरन’ जडित ६० थान साइकल प्रदान गरेका छन् ।
ईलाका प्रहरी कार्यालय हीरापुरमा बिहीबार आयोजित कार्यक्रममा पूर्वसांसद नरेन्द्र साहले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईलाई ती साइकल प्रदान गरेका हुन् । उनले जिल्ला प्रहरी कार्यालयका लागि १८ र अन्य साइकल निर्वाचन क्षेत्र ३ भित्र पर्ने इलाका प्रहरी कार्यालय, प्रहरी चौकी र अस्थायी प्रहरी चौकी गरी १४ वटा प्रहरी एकाइका लागि प्रदान गरेका हुन् ।
होटल एवं पर्यटन व्यवसायी समेत रहेका पूर्वसांसद् साह बरहथवा नगरपालिकाअन्तर्गत हीरापुरका निवासी समेत हुन् । शान्ति सुरक्षा एवं सुशासन कायम गर्न क्रियाशील हुन प्रहरीलाई सजिलो होस् भनेर आफूले साइकल प्रदान गरेको साहले जानकारी दिए ।
आफू व्यवसायी समेत भएकाले सामाजिक उत्तरदायित्व बोध गर्दै सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको उल्लेख गर्दै उनले प्रहरीले पनि प्रहरीलाई स्रोतसाधन सहयोग आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रहरी उपरीक्षक भट्टराईले सीमित स्रोतसाधनमा काम गर्न बाध्य नेपाल प्रहरीलाई यस्ताखाले साधनले गुणस्तरीय सेवा प्रदान गर्न निकै टेवा पुग्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…