काठमाडौंमा संविधानविरुद्ध प्रदर्शन, तीन पक्राउ !
प्रदर्शनकारीले संविधान अपुरो, जनविरोधी र प्रतिगामी रहेको भन्दै संशोधनको माग गरेका छन् ।

२०७६ असोज ३ शुक्रबार, बेलुकी ६:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । संविधानको विरोधमा मधेशी, आदिवासी, जनजाति, दलित, थारु समुदायका विभिन्न संघसंस्थाले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
संविधानले आफूहरुको हक अधिकारको संरक्षण नगरेको र सरकारले आफूहरुको अधिकार ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरेको भन्दै उनीहरुले संविधानको विरोधमा प्रदर्शन गरेका हुन् । उनीहरुले ‘असोज तीन, कालो दिन’ भन्दै काठमाडौंको बसन्तपुरदेखि इन्द्रचोक, असन लगायतका क्षेत्रमा प्रदर्शन गरे ।
प्रदर्शनकारीले संविधान अपुरो, जनविरोधी र प्रतिगामी रहेको भन्दै संशोधनको माग गरेका छन् । विरोध र्यालीमा सहभागीहरुले कालो टिसर्ट लगाएका थिए भने कालो ब्यानर बोकेका थिए ।
यता, संविधानका असहमतिका धारा जलाउने खोजेको भन्दै प्रहरीले बसन्तपुरबाट तीन जनालाई पक्राउ पनि गरेको जानकारी आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…