जानकी मन्दिरमा बमको हल्ला अफवाह , फोन गर्नेलाई खोज्दै प्रहरी : सिडिओ
जनतालाई आतंकीत पार्ने कार्य गरेको व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रहरी अनुसन्धान सुरु गरिरसकेको छ ।

२०७६ असोज ३ शुक्रबार, दिउँसो ३:१० बजे२ मिनेट पढाइ
जनतालाई आतंकीत पार्ने कार्य गरेको व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रहरी अनुसन्धान सुरु गरिरसकेको छ ।

२०७६ असोज ३ शुक्रबार, दिउँसो ३:१० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको जानकी मन्दिरमा बम रहेको हल्ला अफवाह मात्र रहेको प्रशासनले पुष्टि गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलले न्यूज ब्यूरोसँग कुराकानी गर्दै काठमान्डौंबाट अज्ञात व्यक्तिले जानकी मन्दिरमा बम राखेको भनेर प्रहरीलाई फोन गरेपछि प्रहरी एक्सनमा आएको बताए । संविधान दिवसकै दिन अत्यधिक भीड हुने जानकी मन्दिरमा बम राखेको फोन पाएलगत्तै एक्सनमा आएका धनुषा प्रहरीले तुरुन्तै मोटो सँख्यामा प्रहरी परिचालन गरी तत्कालै जानकी मन्दिर खाली गराएको थियो ।
करिब २ घण्टाको अनुसन्धान र चेकजाँचपछि कुनै प्रकारको त्यस्तो पदार्थ वा बम नभेटाएपछि प्रहरीलाई गुमराह मात्र गरेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी कनेलका अनुसार काठमान्डौंमा फोन गरी गलत सूचना दिएर भ्रम तथा अफवाह फैलाएको भन्दै फोन गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन अनुसन्धान थालिएको जानकारी दिए । उनले भने, - "जानकी मन्दिरमा बम राखीएको भनेर काठमान्डौंबाट फोन गरिएको थियो प्रहरीलाई, प्रहरीले चेकजाँच गर्दा त्यस्तो केही भेटाएनन, अब प्रहरी प्रशासनलाई गुमराह गर्ने तथा जनतालाई आतंकीत पार्ने कार्य गरेको व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रहरी अनुसन्धान सुरु गरिरसकेको छ ।"
प्रहरीको डग टोलीले बम रहेको नरहेको भनेर चेकजाँच गरेको थियो ।
यस सन्दर्भमा कुन नम्बरबाट फोन आएको र कति बजे फोन आएको भनेर कुनै जानकारी दिइएको छैन । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेनन । बमको हल्ला चलेपछि जानकी मन्दिरबाट सर्वसाधारणहरुलाई तुरुन्तै खाली गराइएको थियो । जानकी मन्दिरमा कुनै भिआईपी व्यक्तित्व पूजाआजा गर्न आएको भन्दै आम नागरिकलाई जानकी मन्दिरमा प्रवेश निषेध गरेको भनेर हल्ला पनि चलेको थियो ।
अहिले धनुषा प्रहरीले मन्दिरमा कुनै प्रकारको बम नरहेको तथा सुरक्षित रहेको भनेपछि आम नागरिकहरुलाई प्रवेश दिइएको हो । तराई मधेशमा संविधान दिवसमा कैयौं ठाउँमा संविधान दिवस मनाइएको छ भने कैयौं ठाउँमा कालो दिवस समेत मनाइएको छ । जनकपुरमै प्रदेश सरकारले दिपावली मनाएको छ प्रदेश सरकारमै रहेका राजपाका मन्त्रीहरुले भने कालो दिवस मनाएका छन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


प्रमुख समाचार

प्रमुख समाचार

प्रमुख समाचार

प्रमुख समाचार
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…