महोत्तरी : सरोजको हत्या आरोपी दुईजना पूर्पक्षको लागि थुनामा
उनको शव रातो नदीको पानीमा गत श्रावण १६ गते भेटिएको थियो ।
२०७६ असोज २ बिहीबार, बेलुकी ६:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । जिल्ला अदालत महोत्तरीले हत्या आरोपी दुईजनालाई पूर्पक्षको लागि थुनामा पठाएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ६ निवासी २४ वर्षिय सरोज साहको हत्या आरोपमा जिल्ला अदालत महोत्तरीले दुई आरोपीलाई पूर्पक्षको लागि थुनामा पठाएको हो । हत्या भएको भन्दै प्रहरीमा परेको किटानी जाहेरीको आधारमा अनुसन्धान सकेको प्रहरीले मुद्दा सरकारी वकिल कार्यालय मार्फत अदालत पठाएको थियो ।
मंगलवार बयानपछि सुनुवाई गर्दै न्यायाधिक केशव प्रसाद बास्तोलाको एकल ईजलासले आरोपी जलेश्वर नगरपालिका वडा नं. २ निवासी राजेश गुप्ता र उनकै कपडा पसलमा कार्यरत जलेश्वर नगरपालिका वडा नं. ८ बजराही निवासी मिन्टु ठाकुरलाई पूर्पक्षको लागि थुना पठाएको श्रेस्तेदार मनोज कुमार श्रीवास्तवले वताए । उनीहरुलाई मंगलबार नै जलेश्वर कारागार पठाइएको छ ।
यस्तो थियो घटना :
जलेश्वर नगरपालिका वडा नं. ६ धवौली स्थित रातो नदीको पानीमा श्रावण १६ गते स्थानिय सरोज साहको शव फेला परेको थियो । शव भेटिएपछि मृतकका बुवा रामदत साहले आफ्नो छोराको हत्या भएको र छोरा काम गर्ने पसलका साहुले नै मारेको भनेर किटानी जाहेरी दिएका थिए ।
उनले जलेश्वर नगरपालिका वडा नं. २ निवासी प्रियंका वस्त्रालयका संचालक राजेश कुमार गुप्ता,उनका छोरा र पसलमा काम गर्ने अर्का कामदार जलेश्वर नगरपालिका वडा नं. ८ निवासी मिन्टु ठाकुरले नै आफ्नो छोरा मारेको भनेर किटानी जाहेरी दिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
रञ्जन भण्डारी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…