मुख्यमन्त्री राउतले गरे 'हरित जलेश्वर' अभियानको उद्घाटन
जलेश्वर नगरपालिका हरित, स्वच्छ र सुन्दर निकट भविष्यमै हुने र यहाको विकास अव टाढा नभएको मुख्यमन्त्री राउतले बताए ।
२०७६ असोज २ बिहीबार, बेलुकी ६:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले महोत्तरीको जलेश्वर नगरपालिकालाई हरित, स्वच्छ तथा सुन्दर बनाउन थालिएको अभियानको वृक्षारोपन गरी शुभारम्भ गरेका छन् ।
जलेश्वर नगरपालिका वडा नं. ९ आगेपुर स्थित जनकपुर भिटटामोड सकड खण्डको विच भागमा रुद्राक्षको बोट लगाएर मुख्यमन्त्रीले अभियानको सुरुवात गरेका छन् । तिन करोड ३१ लखको लागतमा जलेश्वर नगरपालिकाको वडा नं. १,२,३,६ र ८ का विभिन्न मुख्य सडकमा वृक्षारोपन,सडक सोलार बत्ती तथा फोहोर फ्याक्ने प्याष्टिकको भाडो सहितको कार्य गरिने छ ।
उक्त कार्य अन्तर्गत जलेश्वर नगरपालिका मुख्य बजार क्षेत्रका नगरपालिका देखि महेन्द्रचोक,जिरोमाईल देखि महेन्द्रचोक,आगेपुर देखि भिटटामोड,महेन्द्रचोक देखि खैराचोक लगायतका सडकहरुमा वृक्षारोपन गरिने छ । उक्त कार्यक्रम जलेश्वर नगरपालिका,साँसद कोष र युएनडिपीको सहयोगमा संचालन गरिने छ ।
हरित अभियानको प्राविधिक तथा व्यवस्थापन जिम्मा पाएको सामुदायिक विकास तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले जम्मा १६ किलोमिटर क्षेत्रमा चारहजार ३१३ बोट,तिनहजार एकसय बोटको संरक्षणको लागि फलामे जाली र १६५ सडक सोलार बत्ती तथा २२५ फोहोर फ्याक्ने फोहोर राख्ने स्तरिय प्लाष्टिकको भाडोे राखिने बताए । यहाँ लगाईने वृक्षहरु गुलमोहर, कपुर, राजवृक्ष, क्षतिवन, पारिजात, विरेन्द्र फुल, रुद्राक्ष, निम, श्रीखण्ड, सम्मी र आरकेरिया जातीका हुनेछन् ।
मुख्यमन्त्री राउतले प्रदेश सरकारको स्वच्छता अभियानमा जलेश्वर नगरपालिकाले यस अभियानले सहयोग पुर्याएको बताउदै अभियान सफल पार्न प्रदेश सरकारको निरन्तर सहयोग र साथ रहिरहने वताए । जलेश्वर नगरपालिका हरित, स्वच्छ र सुन्दर निकट भविष्यमै हुने र यहाको विकास अव टाढा नभएको मुख्यमन्त्री राउतले बताए ।
कार्यक्रममा प्रदेशका राज्यमन्त्री, साँसद, प्रमुख जिल्ला अधिकारी, जलेश्वर नगरप्रमुख, जिल्ला स्थित विभिन्न कार्यालय प्रमुखहरु र सुरक्षा निकाय प्रमुखहरु समेतको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
रञ्जन भण्डारी
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…