महिला हिंसा न्यूनिकरण घरैबाटै सुरुगर्ने प्रतिबद्धता
न्यूज ब्यूरो, सिरहा। महिला हिंसा न्यूनिकरणको लागि घरैबाट नै पहलगर्ने एक कार्यक्रमका सहभागीहरूले प्रतिबद्धता जनाएका छन्। सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ चोहर्वा स्थित रेडक्रस भवनमा दलित महिला केन्द्र, नेपालको आयोजनामा सम्पन्न ‘महिला तथ बालबालिकामाथि हुने हिंसा न्यूनिकरणमा पुरुषहरूसँगको सहकार्य’ व

२०८० बैशाख २८ बिहीबार, बिहान ७:५३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा। महिला हिंसा न्यूनिकरणको लागि घरैबाट नै पहलगर्ने एक कार्यक्रमका सहभागीहरूले प्रतिबद्धता जनाएका छन्।
सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ चोहर्वा स्थित रेडक्रस भवनमा दलित महिला केन्द्र, नेपालको आयोजनामा सम्पन्न ‘महिला तथ बालबालिकामाथि हुने हिंसा न्यूनिकरणमा पुरुषहरूसँगको सहकार्य’ विषयक अन्तरकृया कार्यक्रमका सहभागीहरूले आफ्नो घर, आफूकार्यरत कार्यालय, आफ्नो समाजमा महिलामाथि हुने हिंसा न्यूनिकरणमा पहलकदमी लिने प्रतिबद्धता जनाएका छन्।
मधेशमा दहेज, बाल विवाह, बोक्सीको आरोप तथा अन्य विभिन्न खालका घरेलु हिंसाका घटनाहरू हुनेगरेकोमा सहभागीहरूको समान धारणा रहेको छ। उनीहरूले सभ्य समाज निर्माणको लागि सबैखाले विभेद अन्त्य हुनुपर्नेमा सहमति जनाए। महिलाहरू पनि पुरुषसरह सबै काम गर्नसक्ने क्षमता राख्ने भएपनि हानिकारक सामाजिक परम्पराको शिकार हुनुपरेको कार्यक्रमका सहभागीहरूले बताए। उनीहरूले पछिल्ला दिनहरूमा महिलाहरु पनि विभिन्न रोजगारीमा लाग्ने क्रम बढेको भएपनि प्रयाप्त नभएको बताए। शक्ति र सत्तामा महिलाको पहुँच नभएकै करण महिलाहरू अझै उपेक्षित हुनु परेको अन्तरकृयाका सहभागीहरूले बताए।
मधेशमा महिलामाथि विभिन्न खालका महिला हिंसा भइरहेको र त्यसलाई न्यूनिकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट पहलकदमी लिने कार्यक्रमका सहभागी तथा रामप्रताप रामप्रसाद तामाङ्ग क्याम्पसका प्राध्यापक प्रदिप कुमार साहले प्रतिबद्धता जनाए। उनले भने, ‘हाम्रो घर, हामी कार्यरत कार्यालयहरूमा पनि जान अन्जान महिला हिंसाका घटनाहरू भईरहेका हुन्छन्। अबको दिनहरूमा त्यस्ता घटना हुनै नदिने र भए समाधानका प्रयास गर्ने छु।’
कार्यक्रमका अर्का सहभागी नेकपा एकीकृत समाजवादीका नेता योगेन्द्र सिंहले प्रकृतिक रुपमा महिला र पुरुष फरक स्वरूपमा जन्मेपनि समाले उनीहरूलाई गर्ने व्यवहारले कमजोर, अरुमाथि निर्भरहुनुपर्ने अवस्था सृजना गरेको बताए। उनले भने, ‘महिला र पुरुष प्रकृतिक रूपले फरक भएपनि दुवैजनाले सवै खालका कामहरू गर्न सक्छन्, त्यो हामीले देखिरहेका छौं। तर, खराब समाजिक परम्पराका कारण महिला सधैँ कमजोर, निर्बल र परनिर्भर बनाई रहेको छ, यस्तो सोचमा परिवर्तन हुन जरुरी छ।’
कार्यक्रममा हिन्दु तथा इसाई धर्मका धर्मगुरुको पनि सहभागिता रहेको थियो। उनीहरूले सम्पूर्ण मानव एक भएको बताउँदै सबै लिङ्ग, समुदायलाई समान व्यवहार गर्नु पर्नेमा जोड दिए। सबै जात जाती, भाषा धर्म र लिङ्गको समाजको हरेक क्षेत्रमा समान सहभागीताले सुन्दर समाज निर्माण हुने सहभागी धार्मीक गुरुहरुको भनाई रहेको छ।
अन्तरकृया कार्यक्रममा राराताजव क्यमम्पसका शिक्षक हिरेन्द्र कुमार विष्ट, सरस्वति माध्यमिक विद्यालय तेतरिया जमदहका शिक्षक विजय कुमार लामा, नेकपा (एकीकृत समाजवादीका योगेन्द्र सिंह, माओवादी केन्द्रका जिवन यादव, गोलबजार नगरपालिकाका वडा नम्वर ६ का वडा अध्यक्ष संजित लामा, उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष विजय साह, युवा समाजसेवी उमाकान्त मण्डल लगायतका धार्मीक गुरुहरुको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण महिला अधिकारकर्मी शरु श्रेष्ठ, पाल्मो डोल्मा तामाङले गरेका थिए भने कार्यक्रको उदेश्यबारे जानकारी संस्थाका कार्यक्रम संयोजक संचिता महर्जनले गरेका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…