इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे
न्यूज ब्यूरो, सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो । नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको कार्यक्रम गोलबजारमा स्थित रहेको लाइभ लङ्ग हेल्थ केयरमा सो का

२०८० साउन २८ आइतबार, राति ९:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।
नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको कार्यक्रम गोलबजारमा स्थित रहेको लाइभ लङ्ग हेल्थ केयरमा सो कार्यक्रम राखिएको थियो भने गोलबजार नगरपालिका वडा नं ४ र नेपाल रेड क्रस सोसाइटी लाहान शाखाको समन्वयमा गरिएको थियो ।
इलाका प्रहरी कार्यालय गोलबजारद्वारा आयोजनामा “रक्तदान नै जीवनदान” रक्तदान गरौँ र अरुको अमूल्य जीवन बचाऔँ भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न गरिएको हो । बिहानको १० बजे देखि सुरुवात गरेको कार्यक्रम बेलुकाको ३:१५ मा सम्पन्न भएको थियो ।
उक्त, रक्तदान कार्यक्रममा नेपाल प्रहरी, पत्रकार, स्वास्थ्यकर्मी र स्थानीयहरूले रक्तदान गरेकाछन् । रक्तदान कार्यक्रममा जम्मा ४४ जनाले रक्तदान गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक टुपेन्द्र बुढाथोकीले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…