इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

२०८० श्रावण २८ आइतबार
रति ९:२१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो । 

नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको कार्यक्रम गोलबजारमा स्थित रहेको लाइभ लङ्ग हेल्थ केयरमा सो कार्यक्रम राखिएको थियो भने गोलबजार नगरपालिका वडा नं ४ र नेपाल रेड क्रस सोसाइटी लाहान शाखाको समन्वयमा गरिएको थियो । 

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा आयोजनामा “रक्तदान नै जीवनदान” रक्तदान गरौँ र अरुको अमूल्य जीवन बचाऔँ भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न गरिएको हो । बिहानको १० बजे देखि सुरुवात गरेको कार्यक्रम बेलुकाको ३:१५ मा सम्पन्न भएको थियो ।

उक्त, रक्तदान कार्यक्रममा नेपाल प्रहरी, पत्रकार, स्वास्थ्यकर्मी र स्थानीयहरूले रक्तदान गरेकाछन् । रक्तदान कार्यक्रममा जम्मा ४४ जनाले रक्तदान गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक टुपेन्द्र बुढाथोकीले जानकारी दिए ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

  • २०८० श्रावण २८ आइतबार

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् ।

पूरा पढ्नुहोस्

Bureau Menus