प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन
न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पु

२०८० असार २७ बुधबार, बिहान ९:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए ।
बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने भएको छ। स्वर्गिय दाहालको पार्थिव शरीरलाई अन्तिम श्रदान्जली दिनको लागि अहिले बिहान ११ बजेदेखि १ बजेसम्म पेरिस डाँडामा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बुधबार बिहान उपचारको क्रममा नर्भिक अस्पतालमा सीता दाहालको निधन भएको हो। पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित दाहालको हृदयघातका कारण निधन भएको अस्पतालले बताएको छ। उनलाई प्रधानमन्त्री दाहाल आँफैले सवा सात बजे नर्भिक पुर्याएका थिए।
अहिले नर्भिक अस्पतालमा सुरक्षाकर्मी, मन्त्री, पार्टी कार्यकर्ता आफन्त र सर्वसाधारणलगायतको ठूलो भीड लागेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…