सिरहामा ड्रग्ससहित दुईजना फन्दामा
दुबैलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।

२०७६ असोज २ बिहीबार, बिहान १०:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा लागुऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
सिरहाको छुट्टाछुटै ठाउँबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा मंगलबार साँझ दुवैजनालाई प्रहरीले पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउँपालिका ९ मुरकुच्ची बस्ने ३१ वर्षीय राजु तामाङ र सिरहा जिल्लाको कर्जन्हा नगरपालिका ३ खैराटोलका ३६ वर्षीय प्रमोद यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरीले जनाएको छ ।
तामाङलाई डाइजप्लाब १३ एम्पुल, नोर्फिन १३ एम्पुल, फेनारगन १३ एम्पुल र नाईट्रोजन १४ ट्याबलेट र एउटा नेपाली नम्बरको मोटरसाइकल सहित सिरहाका बरीयारपट्टी ३ चमार टोलबाट इलाका प्रहरी कार्यालय बरीयारपट्टीले नियन्त्रणमा लिएको प्रहरी नायब नायब उपरीक्षक अपिल राज बोहराले जानकारी दिए ।
त्यस्तै इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटेको गस्ती टोलीले यादवलाई लागु औषध गाँजा सहित पक्राउ गरेको छ । यादवलाई कागजको पोकामा लुकाई छिपाई राखेको ११० ग्राम गाँजा सहित पक्राउ गरेको बोहराले जनाएको छ ।
दुबैलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…