मगही भाषा संरक्षण हेतु अन्तराष्ट्रिय सम्मेलन
कार्यक्रममा मगही भाषा अभियानीहरुले भाषाको पहिचानलाई थप उचाईमा पुर्याउन अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

२०७६ भदौ ३१ मंगलबार, राति ८:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मगही भाषा संरक्षणको लागि अन्तराष्ट्रिय स्तरको सम्मेलन गरिएको छ ।
मगही भाषा बचाउन अभियानरत मगही भाषा प्रतिष्ठान मोरङको आयोजनामा प्रदेश १ को बिराटनगरमा २ दिने अन्तराष्ट्रिय सम्मेलन गरिएको हो । सोमबारदेखि सुरु भएको दोश्रो सम्मेलन मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रममा मगही भाषा अभियानीहरुले भाषाको पहिचानलाई थप उचाईमा पुर्याउन अघि बढ्नुपर्नेमा जोड दिएका छन् । मगही भाषाको संरक्षण हेतु प्रभावकारी तरिकाले अघि बढ्ने सहभागीहरुले प्रण गरे ।
अन्तराष्ट्रिय मगहीका संयोजक विरबहादुर महतोको अध्यक्षतामा भएको सम्मेलनमा प्रदेश १ सरकारका समाजिक विकास मन्त्री जीवन घिमिरे, डा ।उपेन्द्रनाथ वर्मा, अखिल पिछडा वर्गका भरत प्रसाद महतो, मगहि भाषा साहित्य विद् पारस सिंह लगायतका सहभागी भए ।
मगही भाषा संरक्षण कार्यमा योगदान पुर्याएको भन्दै विभिन्न व्यक्तित्वहरुलाई मगहीको पहिचान पगरी र फूलको माग लगाएर सम्मान समेत गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…