मधेशको शिर सागरमाथाको शिखरमा
नेपालको शिरमा पुगेपछि तराई मधेश, पहाड र हिमाललाई जोडने बुटीको रुपमा उभिएका छन् ।

२०७६ भदौ ३० सोमबार, बेलुकी ६:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका रञ्जित साह अहिले साईकल लिएरै सागरमाथाको बेशक्याम्पसम्म पुगेपछि चौतर्फी प्रंशसा गरिएको छ भने उनको साहसको सराहना हरेक ठाउँबाट गर्न थालिएको छ ।
साधारण रोयल साइकल लिएर नेपालको विभिन्न दुर्गम ठाउँसम्म पुगेका रञ्जित अहिले सागरमाथाको बेस क्याम्पसम्म साईकलै लिएर पुग्न सफल भएका छन् । विना गियर छ, बिना डिस ब्रेक को साधारण साइकल चढेर जनकपुरका रञ्जित साहले सगरमाथा बेस क्याम्पसम्मको यात्रा तय गर्न सफल भएका छन् भने सागरमाथा बेस क्याम्पको तस्विर समाजिक सँजालमा छयाप्पछयाप्पी देखिएको छ ।
३१ वर्षीय रञ्जित साहले जनकपुरबाट सगरमाथा बेसक्याम्पसम्मको यात्रा १८ दिनमै पूरा गरेका हुन् । गत भदौ ९ गते जनकपुरको जानकी मन्दिरमा दर्शन पूजा गरी यात्रामा निस्केका रँजित यति कम समयमा सागरमाथाको बेसक्याम्पसम्म पुग्न सफल भएलगत्तै उनले साईकलबाटै चुचुरो सम्म पुग्ने निधो गरेका छन् । बेसक्याम्प सम्मको यात्रा सफल भएपछि उनले अगाडीसम्म जाने तर्खरमा छन् । यता, मधेश, पहाड र हिमाल सिँगो नेपालको अनुभूति गराउन निस्केपनि प्रदेश सरकारले भने अहिलेसम्म कुनै प्रकारको सहयोग गर्न सकेको छैनन् ।
शिरमा नेपाली टोपी ,साइकलमा चन्द्र, सूर्य अङ्कित झण्डा । ‘तराई पहाड हिमाल हाम्रो मातृभूमि नेपाल’ राष्ट्रिय एकताको नारा दिँदै नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न निस्केका जनकपुरको जीरोमाईल बस्ने रञ्जित आफ्नै खर्चमा यात्रारत छन् । कसैले सहयोग गर्यो भने पनि उनले त्यसलाई कुनै असहाय व्यक्ति वा कुनै सार्वजनिक संस्थालाई दान दिन्छन् । १२ महिनामा ११ महिना मिहिनेतसाथ काम गर्छन् र बाँकी एक महिना साइकल यात्रामा निस्किन्छन् ।
जनकपुरको जिरो माइलमा उनको आफ्नो पैतृक पान पसल छ । त्यही पान पसल चलाएर उनले घरपरिवार चलाउँछन् र केही बाँकी रकमले साइकल यात्रामा खर्च गर्छन् । उनका बुबाले विगत १५ वर्षदेखि पान पसल चलाउँदै आएका थिए । पछि रञ्जितले बुबालाई सहयोग गर्न थाले । विस्तारै पान पसल रञ्जितकै भरमा भयो । अहिले रञ्जित साईकल यात्रामै नेपालको शिरमा पुगेपछि तराई मधेश, पहाड र हिमाललाई जोडने बुटीको रुपमा उभिएका छन् ।
#रातोपाटीअनलाईनकोसहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…