स्याटेलाइटले खिचेका तस्वीर अब नेपालबाटै हेर्न सकिने
न्यानो स्याटेलाइट प्रक्षेपण गरेको पाँच महिनापछि ललितपुरको खुमलटारमा रहेको नास्ट परिसरमा ग्राउण्ड स्टेशन निर्माण गरिएको हो ।

२०७६ भदौ २५ बुधबार, राति ९:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपाली स्याटेलाइट प्रक्षेपण भएको पाँच महिनापछि ग्राउण्ड स्टेशन निर्माण भएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले न्यानो स्याटेलाइट प्रक्षेपण गरेको पाँच महिनापछि ललितपुरको खुमलटारमा रहेको नास्ट परिसरमा ग्राउण्ड स्टेशन निर्माण गरिएको हो ।
नास्टका प्रविधि संकाय प्रमुख रवीन्द्र ढकालले ग्राउण्ड स्टेशन निर्माण गरेर सबै प्राविधिक काम सकिएको जानकारी दिए । तर, नेपाली स्याटेलाइटसँग सम्पर्क स्थापित हुन नसकेका कारण तथ्यांक लिन अझै केही दिन लाग्ने उनले बताए ।
ग्राउण्ड स्टेशनको एन्टेना स्याटेलाइट घुमेको दिशातिर घुम्नुपर्ने भएपनि त्यो घुम्न नसकेकाले स्याटेलाइटलसँग सम्पर्क हुन नसकेको हो । नास्टका वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले जापानमा निर्माण गरेको नानो स्याटेलाइट गएको वैशाख ५ गते अमेरिकाबाट प्रक्षेपण गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…