संविधान दिवसको दीपावली तहसनहस बनाइदिन्छौं : थारु अगुवा
रिपोर्टर्स क्लबमा संयुक्त पत्रकार सम्मेलन गरी उनीहरुले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने घोषणा गरेका हुन् ।

२०७६ भदौ २५ बुधबार, बेलुकी ७:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न राजनीतिक दलहरू, पहिचानजनित मोर्चा÷समितिहरू र दलहरूसम्बद्ध जातीय, क्षेत्रीय मोर्चा घटकहरूले असोज ३ गते संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने घोषणा गरेका छन् ।
रिपोर्टर्स क्लबमा संयुक्त पत्रकार सम्मेलन गरी उनीहरुले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले असोज ३ गते संविधानको दीपावली तहसनहस बनाइदिने चेतावनी दिए ।
सरकारले दीपावली गर्ने दिन कालो दिवसका रुपमा प्रदर्शन गर्ने भन्दै उनले भने, ‘सरकारले मनाउने असोज ३ गतेको संविधान दिवसको दीपावलीलाई हामी तहसनहस पार्छौं ।’ संयोजक थारुले प्रधानमन्त्री केपी शर्मा ओली दमनकारी बाटोमा लागेको भन्दै सिधासिधा सरकारसँगै लड्ने बताए ।
ओली सरकार अहिले देशलाई तहसनहस गराउने नियतका साथ अघि बढेको पनि उनले आरोप लगाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…