नेकपा प्रदेश २ को सपथग्रहण कार्यक्रममा कुटाकुट !
झडपमा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहमाथि समेत हातपातको प्रयास भएको बताइएको छ । यसबारे थप आउन बाँकी छ ।

२०७६ भदौ २४ मंगलबार, दिउँसो १२:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा प्रदेश २ को सपथ ग्रहण कार्यक्रममा कुटाुकुट भएको छ ।
महोत्तरीको बर्दिबासममा मंगलबार आयोजित सपथ ग्रहण समारोहमा पूर्व एमाले र पूर्व माओवादी पक्षबीच झडप भएको हो ।
प्रदेश २ भित्रका ८ वटै जिल्लाका पदाधिकारीको सपथ हुने भनिएपनि अन्तिम समयमा सिरहा र सप्तरीको मात्र सपथ हुन लागेको सपथ ग्रहण कार्यक्रममा तनाव भएको छ ।
नेकपाका शीर्ष नेताहरुले सक्रियहरुलाई भन्दा आ–आफ्ना आसेपासेलाई बढी प्राथमिकतामा राखेर जिल्ला पदाधिकारीमा छनोट गरेपपछि असन्तुष्टहरुले सपथग्रहण कार्यक्रम विथोल्ने चेतावनी दिँदै आएको थियो ।
असन्तुष्ट नेता कार्यकर्ताको चेतावनीका बाबजुद पनि सपथग्रहण समारोहलाई यथावत राखेपछि झडप भएको हो । झडपमा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहमाथि समेत हातपातको प्रयास भएको नेकपाका एक नेताले बताए ।
झडपको क्रममा एकजनाको टाउको समेत फेटेको बताइएको छ । यसबारे थप आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…