एसिड पीडित मुस्कानको सबै उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने
एसिड आक्रमणबाट घाइते भई उपचाररत मुस्कानलाई भेट्न पुगेका मुख्यमन्त्री लालबाबु राउतले मुस्कानको सबै उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने बाचा गरेका छन् ।

२०७६ भदौ २३ सोमबार, राति ८:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । एसिड आक्रमण पिडित मुस्कान खातुनको सबै उपचार खर्च प्रदेश २ को मुख्यमन्त्री कार्यालयले बेहोर्ने भएको छ ।
एसिड आक्रमणबाट घाइते भई उपचाररत मुस्कानलाई भेट्न पुगेका मुख्यमन्त्री लालबाबु राउतले मुस्कानको सबै उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने बाचा गरेका छन् । यसअघि मुख्यमन्त्री राउतले उपचारका लागि पाँच लाख रुपैया दिने जनाएका थिए ।
मुख्यमन्त्री राउतसहित, पर्सा क्षेत्र न. १ का सांसद प्रदिप यादव र प्रदेश २ का मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सोमबार मुस्कानलाई भेट्न कीर्तिपुरस्थित ‘क्लेफ्ट एन्ड बर्न सेन्टर’ अस्पताल पुगेका थिए । मुख्यमन्त्री राउत र सांसद यादवले उनको उपचारमा कुनै कमी नहु नदिन अस्पताल प्रशासनलाई निर्देशन समेत दिए ।
आइसियूमा उपचाररत खातुनलाई भेट्न पुगेका उक्त टोलीले उपचारमा जुटेका चिकित्सकहरुसंग पनि भेटेका थिए । टोलीले मुस्कान आफ्नो छोरी जस्तो भएको जिकिर गर्दै उनको न्यायको लागि हदैसम्म लड्ने र अपराधीलाई कुनै पनि हालतमा उन्मुक्ति पाउन नदिने मुस्कानका बुवालाई विश्वास दिलाए ।
उनको उपचारको लागि सहयोग हातहरु पनि अघि बढेका छन् । सक्ने सहयोग धेरैले गरिरहेका छन् । उपचारार्थ सांसद प्रदिप यादवले समेत ५० हजार सहयोग गरेका छन् । सांसद यादवले आफू सकेसम्म सहयोग गर्ने र अविभावकत्व लिने बताए ।
गत शुक्रबार विहान करिव ६ बजेतिर दुई युवकले वीरगञ्जको गणेशमान सिंहचोकमा खातुनमाथि एसिड प्रहार गरेका थिए । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत खातुन वडा नम्बर २ छप्कैया निवासी रसुल अलीकी छोरी हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…