प्रदेश नं. २ : मिठाई पसलबाट प्रहरी रँगेहात पक्राउ !
वीरगञ्ज महानगरपालिका वडा नं. ६ माईस्थान चोक स्थित मिठाईपसलबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको

२०७६ भदौ २३ सोमबार, दिउँसो २:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी जवानलाई घुस रकम सहित रँगेहात पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गमहिरा साह तेलीलाई सोमबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदालिदै रँगेहात पक्राउ गरेको हो । प्रहरी तेलीले जिल्ला प्रहरी कार्यालय पर्साबाट कमसल आयुर्वेदिक औषधी दिएको भन्ने समेत टुङ्गिइसकेको उजुरी मिलाईदिने भनी सेवाग्राहीसँग पटक पटक घुस÷रिसवत रकम माग गरेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।

अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकवानपुरबाट खटि गएको टोलीले प्रहरी तेलीलाई सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त घुसवापतको रकम सहित वीरगञ्ज महानगरपालिका वडा नं. ६ माईस्थान चोक स्थित मिठाईपसलबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता प्रदीप कुमार कोईरालाद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…