धनुषामा सपोर्ट नेपालको भूमिका अविस्मरणीय
जनकपुरधाम, १३ पुस । समाजिक सँस्था सपोर्ट नेपाल धनुषाको भूमिका समाज निर्माणमा अविस्मरणीय रहेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । विहिबार सपोर्ट नेपाल धनुषाले आयोजना गरेको दिगो शान्तीका लागि अल्पसँख्यक समुदायको मूल प्रवाहिकरण परियोजना अन्तर्गतको सिकाई तथा अनुभव आदानप्रदान गोष्ठीमा सहभागीहरुले सँ

२०७४ पुस १५ शनिबार, दिउँसो २:३८ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १३ पुस ।
समाजिक सँस्था सपोर्ट नेपाल धनुषाको भूमिका समाज निर्माणमा अविस्मरणीय रहेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
विहिबार सपोर्ट नेपाल धनुषाले आयोजना गरेको दिगो शान्तीका लागि अल्पसँख्यक समुदायको मूल प्रवाहिकरण परियोजना अन्तर्गतको सिकाई तथा अनुभव आदानप्रदान गोष्ठीमा सहभागीहरुले सँस्थाले चलाएको परियोजनाको बारेमा छलफल तथा सुझावका साथै आगामी रणनीतिका बारेमा बृहत बहस चलेको थियो ।
गोष्ठी कार्यक्रममा सपोर्ट नेपालले विगत दुई बर्षमा गरेको कार्यहरुको, सम्हालेका परियोजनाको बारेमा विस्तृत विवरण सार्वजनिक गरेका छन् ।
प्रतिवेदनमा सपोर्ट नेपाल धनुषाका कार्यत्रम सँयोजक प्रकाश ठाकुरले परियोजना आरम्भ पूर्वको अवस्था तथा परियोजना आरम्भपछिको अवस्थाको बारेमा विस्तृत जानकारी गराइएको थियो ।
परियोजना सुरु भएपछि आएको समाजीक परिवर्तन तथा समाजमा ल्याएको विभिन्न प्रकारको विकासशिल कार्यक्रमहरुको बारेमा सहभागीहरुले खुलेर प्रशँसा गरेका थिए ।
सपोर्ट नेपाल धनुषाका उपाध्यक्ष सुनिल मल्लिकको विशेष उस्थिति तथा जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत राम भजन यादवको सभापतित्वमा सम्पन्न उक्त गोष्ठीमा सहभागी विभिन्न सँघ सँस्थाका सहभागीहरुले सपोर्ट नेपालले विभिन्न स्थानीय तहमा सँचालन गरेको जनचेतनामूलक, शिक्षामुलक तथा विकासमुलक कार्यत्रमहरुको प्रशँसा गर्दै अगामी रणनीतिको लागि यस्ता कार्यक्रमहरु निरन्तर गर्न आग्रह समेत गरेका छन् ।
कार्यक्रममा सरकारी तथा गैर सरकारी सँस्थाका प्रतिनीधि, सँचारकर्मी, महिलाअधिकारकर्मी सहित २५ जनाको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…