एसिड पीडितसँग मुख्यमन्त्रीको वाचा : मुस्कानको 'मुस्कान 'हामी फर्काउँछौ
बढी लागेपनि व्यहोर्ने भन्दै उपचारका लागि कुनै चिन्ता नलिन पीडित परिवारलाई आग्रह गरे ।

२०७६ भदौ २३ सोमबार, दिउँसो १:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । एसिड आक्रमणमा परेकी उपचाररत मुस्कान खातुनलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, संघीय सांसद प्रदीप यादव र प्रदेश २ का मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले भेटेका छन् ।
तीनैजनाले एसिड प्रहारबाट गम्भीर घाईते वीरगञ्जकी १५ वर्षीया मुस्कानको स्वास्थ्य अवस्था आईतबार भेटेरै बुझेका हुन् । टोलीले मुस्कानको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनको उपचारमा कुनै कसर बाँकी नराख्ने बाचासमेत गरेका छन् ।
मुख्यमन्त्री राउतले मुस्कानको उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई निर्देशन दिए । प्रदेश सरकारले उपचारको लागि अहिले पाँच लाख दिएको र बढी लागेपनि व्यहोर्ने उनले प्रतिवद्धता गरे । उपचारका लागि कुनै चिन्ता नलिन पीडित परिवारलाई आग्रह गरे । भेटघाट पश्चात् संघीय सांसद तथा समाजवादी पार्टीका नेता प्रदीप यादवको अफिसियल फेसबूक पेजमा गरिएको पोष्टमा ‘हामीले मुस्कानको मुस्कान फर्काउन सबै प्रयास गर्नेछौं’ भनेर उल्लेख गरिएको छ ।
मुस्कानको कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरको आइसियूमा उपचार भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…