जनकपुरमा हँसपुरकी उपमेयरको विरुद्धमा प्रदर्शन, ३ जनाविरुद्ध जाहेरी
उपमेयर झाले अनावश्यक विवाद खडा गरेर ज्यानलेवा हुलदंगा गराएको भन्दै अविलम्ब कर्तव्य ज्यानको जाहेरी दर्ता गरेर पक्राउ गरी आवश्यक कारवाही गर्न माग गरिएको छ ।

२०७६ भदौ २२ आइतबार, दिउँसो २:३२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विवादित हँसपुर नगरपालिकाकी उपमेयर लगायतका उपर नगरबासीहरुले धनुषाका सिडिओसँग कारवाहीको माग गरेका छन् ।
अपराधिक क्रियाकलाप निम्त्याएर नगरका जनतालाई दुःख दिएको भन्दै आईतबार भारी भिडसहित जनकपुरधाम आएका नगरबासीहरुले धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
नगरकी उपमेयर रेणु देवी झा तथा वडा २ का वडाध्यक्ष उदय साह लगायतकाले स्थानीय सरकार संचालन ऐव विपरित कार्यालयको विवाद खडा गरेर ज्यानलेवा हुलदंगा गराएको भन्दै उनीहरु उपर अविलम्ब कर्तव्य ज्यानको जाहेरी दर्ता गरेर पक्राउ गरी आवश्यक कारवाही गर्न माग गरिएको छ ।
उपमेयर झाले स्थानीय निर्वाचन सकेको ६ महिना नबित्दै अनावश्यक विवाद खडा गरी स्वयंले नगरपालिकाको कार्यालयमा नै तालाबन्दी गरेर सम्पूर्ण कामकाज अवरुद्ध पारी अराजकता निम्त्याएको उनीहरुको आरोप छ । निजी स्वार्थका लागि नगरमा अपराधको विजारोपन गरी नगरलाई अराजक स्थितीमा पुर्याएको ज्ञापनपत्र मार्फत् आराप लगाइएको छ ।
हँसपुर चौकबाटै ट्याक्टर, मोटरसाइकल लगायतका सवारी साधनमा तीन हजारबढीको संख्यमा आएका प्रदर्शनकारीहरुले उपमेयरविरुद्ध उपमेयर रेणु झा मुर्दावाद, तानासाह उपमेयर मुर्दावाद, झुठामुद्दा खारेज गर लगायतका नारा जुलुस लगाएका थिए ।
भारी भिडसहित जनकपुर आएका नगरबासीहरुले प्रजिअलाई ज्ञापनपत्र बुझाउँदै जिल्ला प्रहरी कार्यालयमा उपमेयर रेणु कुमारी झा, वडा नं. २ का वडाध्यक्ष उदय साह र वडा नं. ४ बस्ने किशोरी यादवमाथि जाहेरी समेत दर्ता गराएका छन् ।
यसअघि दुईपक्षीय झडपमा घाइते भई उपचारको क्रममा ज्यान गुमाएका उपमेयर पक्षधर मृतक तपेश्वर मण्डलको परिवारले गत बिहीबार मेयर रामज्ञान मण्डल, वडा ३ का वडाध्यक्ष उदय सिंह, कार्यपालिका सदस्य श्याम राउत र वडा नं. ४ का स्थानीय लालबाबु यादव उपर जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएका थिए ।
गत साउन २१ गते हँसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको विवादमा झडप हुँदा वडा २ का ५७ वर्षीय तपेश्वर मण्डल घाईते भएर उपचारको क्रममा जनकपुुर अञ्चल अस्पतालमा झण्डै एक महिनापछि दम तोडेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…