प्रदेश २ लोकसेवा आयोगका अध्यक्ष यादवद्धारा सपथ
प्रदेश लोकसेवा आयोग अध्यक्षको सपथसँगै आयोगले अब आफ्ना काम कारवाही औपचारिक रुपमा अगाडि बढाउनेछ ।

२०७६ भदौ २२ आइतबार, दिउँसो १:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवले पद तथा गोपनियताको सपथ लिएका छन् ।
प्रदेश २ सरकारले प्रदेश लोकसेवा आयोग अध्यक्षमा नियुक्त गरेका प्राध्यापक यादवलाई आईतबार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण गराएका हुन् । सिरहा निवासी अध्यक्ष यादव सिरहा क्याम्पसका सह–प्रध्यापक हुन् ।
प्रदेश लोकसेवा आयोग अध्यक्षको सपथसँगै आयोगले अब आफ्ना काम कारवाही औपचारिक रुपमा अगाडि बढाउनेछ । आयोगले प्रदेश २ का लागि चाँडै विज्ञापन गर्ने बुझिएको छ ।
मधेश भवनको कवर्ड हलमा आयोजित कार्यक्रमकै बीच प्रदेश २ को नीति आयोगको उपाध्यक्षमा प्रध्यापक डा. भोगेन्द्र झालाई समेत नियुक्त गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…