एसिड आक्रमण गर्नेलाई फाँसी हुनुपर्छ : सांसद प्रदिप यादव
एसिड आक्रमण गर्नेलाई कानुन संशोधन गरेरै भएपनि जन्मकैद वा फाँसीको सजायको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।

२०७६ भदौ २१ शनिबार, राति ८:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टीका नेता तथा प्रतिनिधि सभा सांसद प्रदिप यादवले एसिड आक्रमण गर्नेलाई फाँसीको सजाय दिनुपर्ने बताएका छन् ।
वीरगञ्जमा शनिबार आयोजित कार्यक्रममा सांसद यादवले एसिड आक्रमण गर्नेलाई कानुन संशोधन गरेरै भएपनि जन्मकैद वा फाँसीको सजायको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।
उनले कानुन संशोधनका लागि संसदमा आवाज उठाउने समेत जनाए । उनले भने, ‘जसले महिलाको जिन्दगी वर्बाद गरेको छ, उसको पनि जिन्दगी वर्बाद हुनुपर्छ, त्यस्तालाई फाँसीको सजाय हुनुपर्छ, त्यसका लागि कानुन संशोधन गर्नुपरे गरौं ।’
कडा सजाय हुन्छ भन्ने डर नभएसम्म यस्ता घटना दोहोरिहने उनको भनाई छ । अपराध गर्न खोज्नेको मनमा डर पैदा गर्न पनि कानुन संशोधन आवश्यक रहेको सासंद यादवले बताए ।
यसअघि शुक्रबार मात्र वीरगञ्जमा हनुमान माध्यमिक विद्यालयमा अध्ययनरत मुस्कान खातुन माथि एसिड आक्रमण गरिएको थियो । एसिड प्रहार गर्ने मुख्य अभियुक्त वीरगञ्ज–२ छपकैयाका सम्साद मियाँ र माजिद आलमलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
एसिड आक्रमनबाट गम्भीर घाईते भएकी मुस्कानको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…