मधेशकी बेटी हाकिम बन्ने दिन टाढा छैन : मुख्यमन्त्री राउत
छोरी शिक्षित भएमात्र समाजिक विकास सम्भव रहेकोले यसलाई अंगिकार गरेर प्रदेश सरकारले विभिन्न योजनाहरु ल्याएको बताए ।

२०७६ भदौ २० शुक्रबार, राति १०:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबैको पहुँचमा शिक्षा आजको आवश्यक्ता रहेको बताएका छन् ।
धनुषाको लक्ष्मीनियाँ मावि कुम्हरौडामा शुक्रबार आयोजित साईकल वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले शिक्षामा सुधार नभएसम्म मुलुक समृद्ध बन्न नसक्ने बताएका हुन् । उनले वर्तमान शिक्षा पद्दतीलाई बेरोजगार उत्पादन गर्ने कारखाना बताए ।
मुख्यमन्त्री राउतले अहिलेको शिक्षाले बेरोजगार बढाउने भन्दै प्राविधिक शिक्षा पद्दती ल्याउन आवश्यक रहेको बताए । प्राविधिक शिक्षा हासिल गरेको जनशक्ती कही बेरोजगार नरहेको धारणा उनले राखे ।
छोराछोरी बीचको विभेद अन्त्य गर्नको लागि प्रदेश सरकारले महिला आरक्षण ५० प्रतिशत पुर्याएको उनले बताए । आउँदो दिनमा मधेशकी छोरी हाकिम, प्रशासक बन्ने र प्रदेश विकासमा सहयोग गर्ने उनले विश्वास लिए । यो दिन टाढा नरहेको उनले बताए ।
छोरी शिक्षित भएमात्र समाजिक विकास सम्भव रहेकोले यसलाई अंगिकार गरेर प्रदेश सरकारले विभिन्न योजनाहरु ल्याएको बताए ।
सो अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ अभियान प्रभावकारी रुपमा अघि बढिरहेको दावी गरे । कुनै दलले मधेशको महिलाको हक अधिकारको विषयमा चर्चा नगरेको बताउँदै उनले प्रदेश सरकारले महिलालाई सशक्त बनाउन विभिन्न योजनाहरु ल्याएको जनाए ।
मुख्यमन्त्री राउतले सो विद्यालयमा कक्षा ८ मा अध्ययनरत्त ६३ जना छात्रालाई साईकल हस्तान्तरण गरेका हुन् । लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादवको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा लक्ष्मीनियाँ माविका प्रअ मनोज कुमार कर्णले स्वागत मन्तव्य राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…