किशोरी एसीड प्रहार प्रकरण : उपचारको लागि प्रदेश सरकारको ५ लाख
एसीड प्रहारबाट गम्भीर घाइते मुस्कानलाई उपचारको लागि वीरगञ्जमा भर्ना गरिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको हो ।

२०७६ भदौ २० शुक्रबार, बेलुकी ७:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । वीरगञ्जमा एसिड प्रहारबाट गम्भीर घाईते भएकी १५ वर्षीया किशोरी मुस्कान खातुनाको उपचारको लागि प्रदेश २ सरकारले ५ लाख सहयोग गर्ने घोषणा गरेको छ ।
वीरगन्ज महानगरपालिका ३ छप्कैयास्थित मामाको घरमा बसेर पढ्दै आएकी मुस्कान विद्यालय जाँदै गरेको बेला उनीमाथि एसीड प्रहार गर्नेलाई कडा कारवाही गर्ने प्रतिवद्धतासहित उपचारको लागि तत्काल ५ लाख सहयोगको घोषणा गरेको हो ।
वीरगञ्जको रेशमकोठीस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत मुस्कानमाथि आज (शुक्रबार) विहान स्थानीय सम्साद आलम र माजिद आलम मिलेर विहान ६ बजे एसीड छ्यापेका थिए । उनको उपचार अहिले काठमाडौंमा भइरहेको छ ।
एसीड प्रहारबाट गम्भीर घाइते मुस्कानलाई उपचारको लागि नारायण उपक्षेत्रीय अस्पताल वीरगञ्जमा भर्ना गरिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको हो ।
यता, एसीड प्रहार गर्ने दुईजना मध्ये सम्साद आलमलाई प्रहरीले पक्राउ गरिसकेको छ । फरार रहेका माजिद आलमको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…