आज मधेशभर सम्झिए सहिद 'राममनोहर यादव' !
मधेश स्वराज आन्दोलनका प्रथम सहिद यादवको सम्झनामा जनमत पार्टीले मधेशका विभिन्न जिल्ला सदरमुकामसहित बाहिर बाहिर पनि श्रद्धाञ्जली सभा गरेको छ ।

२०७६ भदौ १५ आइतबार, राति ९:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रहरी हिरासतमा मारिएका तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका नेता राममनोहरको स्मृति दिवस आईतबार श्रद्धाञ्जली सभासहित विभिन्न कार्य गरी मनाएको हो ।
सहिद यादवको सम्झनामा जनमत पार्टीले सिरहाले श्रद्धाञ्जली सभा, रक्तदान कार्यक्रम र प्रभातफेरी गरेको छ । जनमत पार्टी सिरहाद्धारा गोलबजारस्थित उद्योग वाणिज्य संघ सभाहलको प्रांगनमा आयोजित कार्यक्रममा सहिद यादवप्रति झण्डै ५ सयबढी जनाले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
श्रद्धाञ्जली कार्यक्रमसँगै राममनोहरको स्मृति दिवसको अवसर पारेर राखिएको रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदानसमेत गरेका छन् । श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएकाहरुद्धारा नगरको विभिन्न भागको परिक्रमा गरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजारको गोलपार्कमा स्वराज आन्दोलनका प्रथम सहिद यादवको सम्मान एवं सम्झनामा मैनवत्ति पनि प्रज्वलन गरिएको छ ।
सो क्रममा जनमत पार्टीका केन्द्रिय सदस्य तथा सिरहा जिल्ला ईन्चार्ज राजकुमार यादव (त्यागी) ले सहिद राममनोहर यादवको कदर गर्दै जनमत पार्टी उनको सपना पूरा गर्न कुनै कसर बाँकी नछाड्ने बताए ।
सहिद यादवको सम्झनामा जनमत पार्टीले मधेशका विभिन्न जिल्ला सदरमुकामसहित बाहिर बाहिर पनि श्रद्धाञ्जली सभा गरेको छ ।
तत्कालिन संघीय समाजवादी फोरम तथा हालको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई गत २०७५ भदौ ७ बर्दियामा कालो झण्डा देखाएपछि उनकै आदेशमा पक्राउ परेका यादवको भदौ १५ गते प्रहरी हिरासतमै शंकास्पद मृत्यू भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…