'नेपाल लोकस्टार' मा उदाउँदै मधेशका 'रविराज', भोटमा सबभन्दा अगाडी
मधेशको मानको सवाल भएको भन्दै रविराजलाई नेपाल लोकस्टारको विजेता बनाउन मधेशी समुदायका युवाहरु कम्मर कसेर लागेको देखिएको छ ।

२०७६ भदौ १४ शनिबार, बिहान ११:४९ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको सबभन्दा ठूलो सिंगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’मा मधेशबाट प्रतिनिधित्व गरिरहेका एकमात्र मधेशी अनुहार रविराज साहले भोटिङतर्फ अग्रता कायमै राखेका छन् ।
लोकस्टारमा प्रतिस्पर्धा गरिरहेका प्रतिस्पर्धीहरुको लागि हालसम्म भएको भोटिङमा रविराज एक नम्बरमा कायम छन् । ‘पट ११’ प्रवेशका लागि भएको भोटिङमा पनि सबैभन्दा अत्याधिक भोट पाएका उनी ‘टप १०’ प्रवेशमा समेत सबैभन्दा बढी भोट बटुलेका हुन् ।
सम्बन्धित समाचार : नेपाल लोकस्टार : भोटको लागि रविराजको अपिल, यसरी गर्न सकिन्छ भोट !
नेपाल लोकस्टारको सुरुवाती चरणदेखि नै आफ्नो दमदार प्रस्तुतिका कारण सबैको मन जितिरहेका रविराज शुक्रबार राती भएको टप १० को सेफ जोनमा निकै अत्याधिक भोटका साथ अवतरण गरेका छन् । कम भोटका कारण एकजनाको यात्रा यत्तैबाट टुंगिएको छ ।
टप ११ बाट टप १० मा छनोट भएर आएका १० जना प्रतियोगी मध्ये रविराज सबैभन्दा अत्याधिक भोटका साथ अग्र स्थानमा रहेको नेपाल लोकस्टारका प्रोड्युसर सहदेव कोईरालाले न्यूज ब्यूरोसँग भने । रविराजले जम्मा कति भोट पाए भन्ने न्यूज ब्यूरोको प्रश्नमा उनले भोटको संख्या खुलाउने नियम नभएका कारण भोट संख्याबारे खुलाएनन् ।
सम्बन्धित समाचार : मधेशले 'सुष्मा' को ऋण 'रविराज' लाई तिर्दै, पाए सबभन्दा बढी भोट !

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…