मधेशवादी दलसँग सम्बन्ध विच्छेद गर्दै मधेशी कर्मचारी !
अहिले त खोला तर्यो लौरो बिर्स्यो, जस्तो मधेसी निजामती कर्मचारी मंच भए जस्तोछ ।

२०७६ भदौ १३ शुक्रबार, राति ९:०९ बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दोस्रो मधेश आन्दोलनकै क्रममा गठन भएको मधेशी कर्मचारीहरुको छाता संगठन नेपाल मधेसी निजामति कर्मचारी मँचले मधेशवादी दलसँग सम्बन्ध विच्छेद गर्न दबाब बनाएका छन् ।
प्रदेश नं. २ मा मधेशवादी दलकै सरकार र नेतृत्व रहेपनि दलहरुले मधेशी कर्मचारीहरुसँग विना सोधपुछ र खोजपुछकै आफुखुसी कर्मचारी सरुवा, बढुवा गरेको भन्दै मधेशवादी दलसँगको सम्बन्ध तत्काल विच्छेद गर्न नेतृत्वलाई दबाब सृजना गरिएको हो । नेपाल मधेसी निजामती कर्मचारी मंचलाई मधेसबादी दलहरुको शुभेच्छुक संगठनको रूपमा रहेको सम्बन्ध बिच्छेद गर्न नेतृत्व उपर दबाब बनाउन विभिन्न निर्णयहरु समेत गरेको छ ।
नेपाल मधेसी निजामती कर्मचारी मंच धनुषा र जनकपुरधाम मा उपस्थित केन्द्रिय पदाधिकारीहरुको बसेको अनौपचारिक बैठकबाट समसामयिक बिषयबस्तु उपर छलफल गर्दै आफुहरु मधेसबादी दलहरुको शुभेच्छुक संगठनको रूपमा रहेको भए पनि प्रदेश नं.२ र अन्तर्गतको मन्त्रालयमा सरुवा भै आएका कर्मचारी साथीहरूको ब्यबस्थापन गर्दा कुनै मापदण्ड नबनाई सरुवा पदस्थापन गरेको भन्दै सम्बन्ध विच्छेद गर्न माग गरिएको मँचका केन्द्रीय उपाध्यक्ष सुरेश शर्माले जानकारी दिएका छन् ।
मंचको कुनै सुनुवाइ नगरी विभिन्न प्रभावमा परि, आफ्नै क्याडरका पदाधिकारीहरुको पनि दुःख दिने मनसायले सरुवा गरेको ठहर कर्मचारी मँचले गरेको हो । मँचका पदाधिकारीहरुका अनुसार यस्तो व्यवहारले गर्दा मँचको अस्तित्व बोध नभएको तथा अस्तित्व नै बोध नहुने नेतृत्वसँग सम्बन्ध बनाइराख्नुको कुनै ठोस कारण नभएकोले तत्काल मधेशवादी दलसँग सम्बन्ध विच्छेद गर्न दबाब सृजना गरेको शर्माले जनाए ।
मधेशी कर्मचारीको हकहितको लागि र मधेशवादी दलसँग समानान्तर जिम्मेवारी बोध हुने झैं गठन गरिएको मधेशी कर्मचारी मँचलाई प्रदेश सरकारले लत्याएको ठहर गर्दै शुभेच्छुक संगठनको अस्तित्व बोध नभएकोले त्यही वस्थामा रहिरहन उचित नभएको भन्दै सम्बन्ध विच्छेदको माग गरिएको हो । जनकपुरका पदाधिकारीहरुले केन्द्रीय समितिलाई सपना पूरा नभए गन्तव्य बदल्नुपर्ने हो नकि सिद्धान्त बदल्ने भने जस्तै सो शुभेच्छुक संगठनको सम्बन्ध बिच्छेको लागि अनुरोध गर्ने गरी निर्णय गरिएको मँचका केन्द्रीय उपाध्यक्ष शर्माले जनाएका छन्।
यसरी भएको थियो नेपाल मधेशी कर्मचारी मँचको गठन
२०६३ सालकै आन्दोलन तिरको माघ महिनामा तत्कालीन मधेसी जन अधिकार फोरमले आव्हान गरेको आन्दोलनमा मधेसी जनताको बढदो सहभागिताले आन्दोलन शिखर चुम्दै गएको बेला प्रशासनबाट आन्दोलन दबाउने नाममा दमन बढ्दै थियो । जिल्लामा गोलीको शिकार भएका आन्दोलनका योद्धाहरु घायल भै हेलिकप्टर द्वारा टिचिँग र वीर अस्पतालमा भर्ना गरेर आफ्नो कर्तव्य सम्झेर वा दबाबमा आएर ल्याएर फालिदै थियो । अब त्यसको औषधि उपचार खर्च वा रगत चढाउनु पर्दा त्यसकोलागि ब्यबस्थापन गर्ने कोहि थिएन, आन्दोलनकारीहरु घाइते अवस्थामा अस्पतालको बेडमा छटपटाइरहेको थियो । त्यै अवस्थामा मधेसीले नेतृत्व गरेको एक मात्र संस्था तत्कालीन नेपाल रेञ्जर संघका केन्द्रिय अध्यक्ष विनोद सिँह, भुवनेश्वर चौधरी र सुजीत कुमार झा जस्ता काठमाडौमा रहेकाहरुले हस्पिटलमा गएर घाइते भै भर्ना भएकाहरुको औषधि उपचार, रगतको साथै केहि रकमको ब्यबस्थापन गरेका थिए ।
मधेशी कर्मचारीहरुले जिल्ला स्तरबाट खर्चको जोहो गर्ने र आन्दोलनलाई बौद्धिक उर्जा दिन्थ्यो, केहि समय पश्चात नेपाल मधेसी निजामती कर्मचारी मंच तदर्थ समिति बनाई दर्ता गराएको जीकीर केन्द्रीय उपाध्यक्ष सुरेश शर्मा सुनाउँछन् । केहि समय पश्चात् च्याउ जस्तै मधेसी नामबाट दलहरु खुल्नथाले । यस्तो अवस्थामा कुनै एक मधेसी दलको भातृ संगठन बनाउंदा मधेस आन्दोलनलाई कमजोर बनाउने ठहर गर्दै सबै मधेसी दलको शुभेच्छुक संगठनको रूपमा राख्ने निर्णय भयो ।
प्रथम महाधिवेशनको उदघाटन तत्कालीन पार्टीको साइज अनुसार लहानमा म.ज.फो. का तर्फबाट उपेन्द्र यादब , दोस्रो महाधिवेशनको उदघाटन त.म.लो.पा. का महन्थ ठाकुरबाट गराउने निर्णय भयो तर अचानक बिरामी हुनुभयो र त्यसको उदघाटन हृदयेश त्रिपाठी र तेस्रो महाधिवेशनको उदघाटन भैरहवामा सदभावना पार्टीको तर्फबाट राजेन्द्र महतोबाट गराइ मधेसी कर्मचारीहरुलाई एक ठाउँमा गोलबन्द गराइएको स्मरण उपाध्यक्ष शर्माले थपे ।
त्यही बखत आधिकारिक ट्रेड युनियन चुनाव भयो, उक्त चुनावमा यश मधेसी संस्थालाई आधिकारिकको मान्यता नपाओस भनी विभिन्न कोनबाट षड्यन्त्र भयो र एकीकृत भएर चुनाव लडेको र बुद्धिजीवी मतदाताहरुको मतदान थियो, राज्यको निति तहत आधिकारिक मान्यता नपाए पनि सात वटा जिल्लामा एकल बर्चस्व देखाउंदै सम्पूर्ण मधेसी निजामती कर्मचारी मतदाताको ९० प्रतिशत मत यस संस्थाले प्राप्त गरे अनि बौद्धिक जगतमा ठुलो हलचल भयो ।
एकीकृत भएर चुनाव लडेकोले नै यस्तो सफलता प्राप्त भएको भनी मधेसी नेतृत्व पनि सोंच्न बाध्य भयो अनि पार्टी एकता र चुनावी एकता गरे त्यसको फलस्वरूप प्रदेश नं.२ मा सरकार पनि बनाए र मधेशी कर्मचारी मँचको अस्तितव बोध भएको सुनाए ।
उनले भने, - "अहिले त खोला तर्यो लौरो बिर्स्यो, जस्तो मधेसी निजामती कर्मचारी मंच भए जस्तोछ । आफ्नै प्रदेश छ, हिजो मधेस आन्दोलनको बखत संगै सडक तताएकाहरुले नेतृत्व गरेको सरकार छ, त्यै सरकारले यत्रो कर्मचारी समायोजन र पदस्थापन गर्दैछ र त्यसैबाट पीडित हुंदैछन मधेसी निजामती कर्मचारी मंचका क्याडरहरु । अनि निरास छ्न मधेसी कर्मचारीहरु र उत्साहित छन त्यतिबेला अन्य कित्तामा रहेकाहरु विभिन्न साइनो जोडेर ।"
"यही बेलामा जेष्ठ ३१ र ३२ गते यश कर्मचारी मंचको पूर्ण बैठक हुनगैरहेकोछ, त्याहां यश कर्मचारी मंचको हालको अवस्थामा औचित्य छ छैन, अबको रोड म्याप के हुने, जसको शुभेच्छुक संगठन छौं त्यसले मधेसवाद हटाइसकेको अवस्थामा हामीले पनि संस्थाको नाम परिवर्तन गर्दै अगाडि बढने कि अबको अवस्थामा औचित्य समाप्त ठहर गर्दै संस्था विघटन गर्दै भए भरका श्रीसम्पती नेपाल सरकारलाई हस्तान्तरण गर्ने एजेन्डा बनाइ महाधिवेशनमा जानुपर्ने मानसिकता बनाएकै थिए ।"- उनले भने |
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…