शाकाहारी खाएर तिज मनाउन मान्डबीको आग्रह
मासु ,धूम्रपान ,मध्यपान सहितको तामसी भोजन गरेर ब्रत बस्ने गर्दा पर्वको महत्व हराउदै

२०७६ भदौ १३ शुक्रबार, बिहान ८:२५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजलाई परम्परागत एवं कम भडकिलोको साथै पशुबली रहित मनाउन विहिवार गौरमा सन्देशमुलक कार्यक्रम भब्यताका साथ समपन्न भएको छ ।
गौर नरपालिका र ह्युमन सोसाईटी इन्टरनेशनलको सहयोगमा माण्डवीद्धारा सदरमुकाम गौर स्थित वाल मन्दीर आधारभुत विद्यालयको प्राङ्गणमा हरितालिका जित उत्सवलाई पशुबली रहित एवं कम भडकिलो बनाउन सन्देश दिदै जनचेतनामुलक सो कार्यक्रम समपन्न भएको हो ।
पछिल्ला केही बर्षहरुमा तिजलाई भडकिलो र माछा ,मासु ,धूम्रपान ,मध्यपान सहितको तामसी भोजन गरेर ब्रत बस्ने गर्दा पर्वको महत्व हराउदै गएको भन्दै जनचेतना र सन्देश स्वरुप रौतहटका इतिहासमा पहिलो चोटि यस्तो जन चेतनामुलक कार्यक्रमको आयोजना गरिएको माण्डवीका कार्यकारी निर्देशक अञ्जु झाले बताइन् ।
दिदीबहिनीको महान पर्वमा तामसी भोजन परित्याग गरेर शाकाहारी भोजन गरेर पर्वलाई मनाउदा अझ राम्रो हुने हुँदा विस्तारै तिजमा आएको विकृतिलाई निर्मुल बनाउनमा जोड दिने कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले जानकारी दिइन् ।
ह्यूमन सोसाईटी इन्टरनेशनलका कन्ट्री डयरेक्टर तनुजा बस्नेतले तिजमा पशुको बली दिई मासुको विभिन्न परिकारहरु बनाएर दर खाने चलन रहेको आधुनिक नेपाली समाजमा विद्यमान रहेको प्रथालाई परिवर्तन गर्न आवश्यक रहेको बताइन् । मासुको विभिन्न परिकारबाट दर खाने चलनलाई वन्द गरेर शाकाहारी दरको व्यवस्थापन गरी तिज पर्व मनाउनका लागि यसप्रकारको कार्यक्रम संचालन गरिएको तथा यस्ता कार्यक्रमहरु अधिराज्यभरी नै संचालन हुनुपर्नेमा उनले जोड दिइन् ।
गौर नगरपालिकाका मेयर अजय गुप्ताले आउन लागेको महिला दिदी बहिनीहरुको महान पर्व हरितालिका तिजको उपलक्ष्यमा विभिन्न साकारात्मक कार्यक्रमहरु संचालन गरेर समाज परिवर्तनमा माण्डवी जस्ता संस्था लागि परेकोमा खुशी व्यक्त गर्दै महिलाहरुको वृहत्तर हितमा सक्रिय संघसंस्थाहरुलाई गौर नगरपालिकाबाट आवश्यक सहयोग गरेर गौर नगरको महिलालाई पनि परिवर्तनको अनुभुति गराउन नगरपालिका पछि नपर्ने प्रतिबद्धता व्यक्त गरे । साथै हरितालिका तिज पर्व राम्ररी पशु वलिरहित शाकाहारी दर खाएर मनाउन शुभकामना दिए ।
सो कार्यक्रममा सबै स्थानीय तहका उपप्रमुख ,प्रसासन प्रमुख ,ओम शान्तिका अगुवा महिलाहरु, समाजिक एवं महिला अधिकारकर्मीहरु, स्थानीय हिन्दु तथा मुस्लिम समुदायको महिलाहरुको उस्थितिमा प्रस्तुत गरिएको उक्त कार्यक्रममा दाइजो प्रथा, छोरा नहुँदा महिला माथि गरिने प्रताडना, पशु बली र शिक्षा जस्तो चेतनामुलक कार्यक्रमहरुको साथै विभिन्न तिजको गितमा नृत्यहरु प्रस्तुत गरिएको थियोे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…