जनकपुरको फुटपाथमा नरिवल बेच्ने युवक प्रहरीबाट कुटिए !
पैसा दिने व्यपारीहरुलाई केहि नगरेको र आफुले पैसा नदिँदा कुटपीट गरेको रोशनले सुनाए ।

२०७६ भदौ १२ बिहीबार, दिउँसो ३:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममै प्रहरी जवानले फुटपाथमा नरिवल बेचेर गुजारा गरिरहेका एक युवकलाई कुटपीट गरेको छ ।
प्रहरी जवानले मागेको पैसा नदिँदा नारिवल बेच्दै आएका १६ वर्षीय रोशनकुमार चौधरीलाई प्रहरी जवानले कुटेको हो । जानकी मन्दिर परिसरका प्रहरी जवान प्रेमशंकर यादवले रोशनलाई कुटेका हुन् ।
जनकपुरको फुटपाथमा नरिवल बेचेर गुजारा गर्दै आएका रोशन बिहीबार दिउँसो जानकी मन्दिरको उत्तरपट्टी रहेको जानकी चोकको फुटपाथमा नारिवल बेचिरहेका थिए । त्यतिकैमा प्रहरी जवान यादव आएर यहाँबाट जाउ भने । नारिवल बेचिरहेका रोशन अरुलाई बेच्न दिने र आफूलाई मात्र भगाउने भन्दै जान नमानेपछि प्रहरी जवानले थप्पड र मुक्काले कुटपीट गरेका छन् ।
प्रहरी जवान यादवको कुटपीटबाट रोशनको गालाको छाला नोचिएको छ । पैसा नदिएका कारण प्रहरी जवानले कुटेपछि रोशनले गुहार गर्दा प्रहरी जवान यादव भागेका छन् ।
प्रहरी जवान यादवले मागेको नदिँदा आफुलाई कुटपीट गरेको रोशनको दुखेसो छ । पैसा दिने व्यपारीहरुलाई केहि नगरेको र आफुले पैसा नदिँदा कुटपीट गरेको रोशनले सुनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…