वीरगञ्ज महानगरका मेयर सरावगीविरुद्ध राजपाको चर्को प्रदर्शन
लिँदिन भन्दाभन्दै, लिए मेयरले करोडौँको कार, आज होइन भोली गर्छु विकास, यही भन्दै गर्दछन् व्यापक भ्रष्टचार लेखेका विरोधका प्लेकार्ड बोकेर प्रर्दशन गरेका गरेका हुन् ।

२०७६ भदौ ११ बुधबार, बेलुकी ६:४७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । प्रदेश २ को वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीविरुद्ध प्रदर्शन गरिएको छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बुधबार वीरगञ्जका नगर प्रमुख सरावगीविरुद्ध चर्को प्रदर्शन गरेको हो । पाँच वर्षे कार्यकालमा दुई वर्ष वितिसक्दा पनि नगरको विकास र नगरवासीको हितमा काम गर्न नसकेको भन्दै राजपाले नगर प्रमुख सरावगीको विरोधमा प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनमा सहभागि राजपाका नेता कार्यकर्ताहरुले मेयर सरावगीविरुद्ध चर्को नाराबाजी समेत गरेका छन् । उनीहरुले मेयर सरावगीको व्यांङ्गत्मक तरिकाले बनाइएको तस्वीर समेत सार्वजनिक गर्दै विरोध जनाएका थिए ।
राजपाका युवाहरुले लिँदिन भन्दाभन्दै, लिए मेयरले करोडौँको कार, बिर्से यिनले सबै आफ्ना विचार, आज होइन भोली गर्छु विकास, यही भन्दै गर्दछन् व्यापक भ्रष्टचार त्यसैगरी युवाहरु बेरोजगार, खेलकुदको नाममा हुँदैछ व्यापार, मनोरञ्जन र कलाको महानगरले गर्दैछ तिरस्कार लेखेका विरोधका प्लेकार्ड बोकेर प्रर्दशन गरेका गरेका हुन् ।
लालबंगला परिसरबाट हजारौँको संख्यामा राजपाले निकालेको विरोध जुलुसले नगरका मुख्य भागको परिक्रममा गरी महानगरपालिकामा पुगेर सरावगीलाई ज्ञापन पत्र बुझाएको छ । सो ज्ञापन पत्रमा दुई वर्षको कार्यकालमा वीरगञ्ज महानगरमा भौतिक विकास निर्माणका काम नभएको, कर्मचारी तन्त्रका बेला सुरु भएका विकास निर्माणका योजनाहरु पनि अहिले अलपत्र पारिएको, महानगरको सामुदायिक विद्यालयमा सुधार गर्नुको सट्टा नगर प्रमुख सरावगीले हस्तक्षेप गरी झन धराशायी बनाएको, नगरवासीलाई सेवा सुविधा दिनको सट्टा करको भार मात्रै थोपार्ने काम गरिएको आरोप राजपाले लगाएको छ ।
जनताले तिरेको करबाट विकास निर्माणको काम गर्नुको सट्टा नगर प्रमुखले आफ्ना लागि करोडौँ मूल्यको दुई वटा सुविधा सम्पन्न गाडी खरिद गरेको, नगर क्षेत्रभित्र विद्यमान छाडा चौपया नियन्त्रण नगरिएको, महागनगरको सरसफाई नगरपालिका आफैले नगरी नीजी कम्पनिलाई ठेक्कामा दिएर त्यस बापत नगरवासीसँग अतिरिक्त कर असुली रहेको आरोप राजपाले लगाएको छ ।
यस्तै, दातृ निकायको ऋण अनुदान र सहयोगमा भइरहेका विकासका काममा भ्रष्टचार र कमीशनको चलखेल भइरहेको आरोप पनि लगाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…