नेकपाकै कारण नागरिकता विधेयक अलपत्र : 'नागरिकता विहीनको दशा के हुन्छ ?'
नेकपाले नागरिकता सम्बन्धी विधेयक तत्काललाई अघि नबढाउन भनेपछि उपसमितिले ४ महिनासम्म काम नगरेको पाइएको छ ।

२०७६ भदौ १० मंगलबार, राति ९:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद लक्ष्मणलाल कर्णले नागरिकता विधेयक कहाँ हरायो भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै कर्णले नागरिकताको प्रसंग उठाएका हुन् । उनले भने, ‘नागरिकता विधेयक कहाँ हरायो ? संसदमा आएको सम्पत्ति सभामुखलाई पनि थाहा होला ।’
नागरिकता नभएर जनताले रोजगारीदेखि सिंहदरबार प्रवेश गर्न नपाएको उनले बताए । ‘नागरिकता विहीनको दशा के हुन्छ ? पाँच लाख भन्दा बढीले रोजगारी, शिक्षा पाउन सकेका छैनन् । सिंहदरबारभित्र प्रवेश गर्न पनि पाएका छैनन्,’ उनले भने ।
नेकपाकै कारण अड्किएको छ नागरिकता विधेयक
नेपाल कम्युनिष्ट पार्टीले नागरिकता सम्बन्धी विधेयक तत्काललाई अघि नबढाउन भनेपछि उपसमितिले ४ महिनासम्म काम नगरेको पाइएको छ । ६ महिना छलफल गरेपछि संसदको राज्यव्यवस्था समितिले नागरिकता विधेयकका विवादित विषय टुंगाउन चैतमा उपसमिति बनाएको थियो ।
१५ दिने म्याद दिएर बनाइएको उपसमितिले ४ महिनासम्म कुनै काम गरेको छैन । नागरिकतासम्बन्धी विधेयक कहाँ पुग्यो भन्ने प्रश्नमा उपसमिति संयोजक विजय सुब्बाले कतै नपुगेको बताए ।
नागरिकता विषयमा सबै पार्टीका शीर्ष नेतासँग छलफल गरी सहमति जुटाउने कार्यभार उपसमितिलाई दिइएको थियो । तर, शिर्ष नेतासँग सहमति जुटाउने त परको कुरा उपसमितिले पर्याप्त छलफल समेत गरेन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…