सहिद राममनोहर यादवको स्मृति दिवस १५ गते : रक्तदान गरेर मनाइने
स्वराज आन्दोलनका प्रथम सहिद यादवको सम्मान एवं सम्झनामा श्रद्धाञ्जली र रक्तदान कार्यक्रम गर्न लागेको त्यागीले जनाए ।

२०७६ भदौ १० मंगलबार, दिउँसो १२:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने भएको छ ।
प्रहरी हिरासतमा मृत्यू भएका तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका नेता राममनोहरको स्मृति दिवसमा पार्टीले भदौ १५ गते श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न लागेको हो ।
जनमत पार्टी सिरहाले आयोजना गर्न लागेको श्रद्धाञ्जली कार्यक्रममा रक्तदान पनि गरिनेछ । उक्त कार्यक्रम गोलबजारस्थित उद्योग वाणिज्य संघ सभाहलको प्रांगनमा गरिने पार्टीले जनाएको छ ।
जनमत पार्टीका केन्द्रिय सदस्य तथा सिरहा जिल्ला ईन्चार्ज राजकुमार यादव (त्यागी) को अध्यक्षतामा बसेको बैठकबाट यस्तो निर्णय गरिएको हो । स्वराज आन्दोलनका प्रथम सहिद यादवको सम्मान एवं सम्झनामा श्रद्धाञ्जली र रक्तदान कार्यक्रम गर्न लागेको त्यागीले जनाए ।
बैठकले पार्टीको जिल्ला कार्यालय स्थापना प्रक्रिया पनि अगाडि बढाएको जनाएको छ । सहिद यादवको स्मृति दिवस मधेशभर नै विभिन्न जिल्लामा कार्यक्रम आयोजना गरी मनाइने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…