रवि लामिछाने राजनीतिमा आउने ?
आफ्नो जीवनको पहिलो प्राथामिकता पत्रकारिता नै रहेको तर राजनीति पनि विकल्प हुनसक्ने समेत बताए ।

२०७६ भदौ १० मंगलबार, बिहान १०:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यू प्रहरणबाट धरौटीमा रिहा भएका टेलिभिजन प्रस्तोता रवि लामिछाने अब झन खरो रुपमा उत्रिने बताएका छन् ।
मंगलबार बिहान भरतपुरमा भएको पत्रकार सम्मलेनमा बोल्दै लामिछानेले अब जनताको पक्षमा झन खरो भएर उभ्ने बताएका हुन् । उनले आफ्नो जीवनको पहिलो प्राथामिकता पत्रकारिता नै रहेको तर राजनीति पनि विकल्प हुनसक्ने समेत बताए ।
राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै उनले भने, ‘सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।’ पत्रकार पुडासैनी प्रक्ररणमा लामिछाने पक्राउ परेपछि निरन्तर आन्दोलन हुँदै आएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…