अवरुद्ध जनकपुर–ढल्केबर राजमार्ग खुलाइयो
सडकमा पानी पटाउने सहमति गरेपछि सडक खुलाइएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका ईन्सपेक्टर अमिर दाहालले न्यूज ब्यूरोसँग भने ।

२०७६ भदौ १० मंगलबार, बिहान १०:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपृुर–ढल्केबर सडक खण्डमा गरिएको चक्कजाम खुलाइएको छ । धुलो उडेको भन्दै स्थानीयहरुले अवरुद्ध पारेको सडक सहमति पछि खुलाइएको हो ।
धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित सपहीमा स्थानीयबासिन्दाले मंगलबार विहान ८ बजेदेखि जनकपुर ढल्केबर सडक खण्डमा १ घण्टा चक्काजाम गरेका हुन् । ६ लेन सडक निर्माणको क्रममा ठेकेदारले पानी नछर्केपछि उडेको धुलोले आफुहरुको स्वास्थ्यमा निकै समस्या भएको भन्दै चक्काजाम गरेका थिए ।
सडक अवरुद्ध भएपछि प्रहरीले स्थानीय र ठेकेदारबीच सहमति गराएर सडक खुलाएको हो । ठेकेदारले २० दिन भित्रमा सडक निर्माणको काम सम्पन्न गर्ने र निर्माण अवधिमा सडकमा पानी पटाउने सहमति गरेपछि सडक खुलाइएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका ईन्सपेक्टर अमिर दाहालले न्यूज ब्यूरोसँग भने ।
चक्काजाम खुलाइएसँगै आवागमन सूचारु भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…