प्रभु साहको राजीनामा अस्वीकृत
पार्टी नेतृत्वबाट असहयोग भएको भन्दै साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएको उल्लेख गरेका थिए ।

२०७६ भदौ ९ सोमबार, बेलुकी ७:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रभु साहले प्रदेश नम्बर २ को अध्यक्ष पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सोमबार बसेको नेकपा सचिवालय बैठकले साहको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो ।
महासचिव विष्णु पौडेलले साहको राजीनामा अस्वीकृत भएको पुष्टि गरेका छन् । साहले अघिल्लो आइतबार अध्यक्ष प्रचण्डसमक्ष राजिनामा पेस गरेका थिए ।
पार्टी नेतृत्वबाट असहयोग भएको भन्दै साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएको उल्लेख गरेका थिए । नेता साहले यसबारे पछिल्लो प्रतिक्रिया जनाएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…