गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा : उडान गर्न म्यानमारको चासो
भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी थप प्रवद्र्धनको उद्देश्यसहित निर्माण भइरहेको विमानस्थाल निर्माणको काम आउँदो डिसेम्बरमा सम्पन्न गर्नेगरी भइरहेको छ ।

२०७६ भदौ ९ सोमबार, बिहान ९:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी थप प्रवद्र्धनको उद्देश्यसहित निर्माण भइरहेको विमानस्थाल निर्माणको काम आउँदो डिसेम्बरमा सम्पन्न गर्नेगरी भइरहेको छ ।
द्रुत गतिमा काम भइरहेको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उडान गर्न म्यानमारले चासो समेत देखाएको छ । भदौ २ गतेदेखि ६ गतेसम्म काठमाण्डौमा भएको ५६ औंँ एसिया प्रशान्त क्षेत्रीय नागरिक उडड्यन महानिर्देशकको सम्मेलनका क्रममा नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले म्यानमार नागरिक उडड्यन विभागका प्रमुखसँग छुट्टै भेट गरेका थिए ।
भेटका क्रममा म्यानमार नागरिक उडड्यन विभागका प्रमुख आफ्नो देशबाट धेरै बौद्धमार्गी नेपाल आउने गरेको र त्यसको फाइदा लिन गौतमबुद्ध अन्तर्रा्ष्ट्रियमा म्यानमारका वायुसेवाले उडान गर्न सक्ने जनाएको प्राधिकरणका महानिर्देशक पोख्रेलले बताए ।
यस्तै, चिनियाँ नागरिक उडड्यन प्राधिकरणले नेपाल वायुसेवा निगमको सुरक्षा अडिट गरिदिन सहमत भएको छ । निगमको सुरक्षा अडिटलाई कारण देखाएर चीनका केहि विमानस्थल, कोरिया लगायतले निगमका जहाजलाई उडान अनुमति नदिइरहेको अवस्थामा चीनले निगमको सुरक्षा अडिट गरिदिन चासो देखाएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…