प्रदेश २ को नामाकरण र राजधानी बहस : दलीय सहमति मिलाउनै सकस
सत्तारुढ समाजवादी पार्टी र राजपा तथा कांग्रेस सांसदले नाम तथा राजधानीबारे छुट्टाछुट्टै प्रस्ताव दर्ता गराए भने नेकपाभित्र आन्तरिक विवाद छ ।

२०७६ भदौ ९ सोमबार, बिहान ८:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्ने प्रक्रिया अघि बढेपनि दलहरूभित्रै मतान्तर बढेपछि यो विषय पेचिलो बन्ने देखिएको छ ।
प्रदेशको स्थायी राजधानी र नामका विषयमा सत्तारुढ दल तथा प्रतिपक्षी भूमिकामा रहेका नेकपा र नेपाली कांग्रेसभित्रै फरकफरक मत देखिएको छ । सत्तारुढ समाजवादी पार्टी र राजपा तथा कांग्रेस सांसदले नाम तथा राजधानीबारे छुट्टाछुट्टै प्रस्ताव दर्ता गराए भने नेकपाभित्र आन्तरिक विवाद छ ।
प्रदेशसभा गठनको डेढ वर्षपछि प्रदेशको नाम र राजधानीबारे प्रस्ताव दर्ता गराउन गत बिहीबारसम्मको म्याद तोकिएको थियो । म्यादभित्र प्रदेशसभा सचिवालयमा दर्ता भएका प्रस्तावलाई प्रक्रियामा प्रवेश गराउन सभामुख सरोजकुमार यादवले शनिबार प्रदेशसभा बैठक बोलाएका थिए ।
प्रस्ताव दर्तालगत्तै दलीय सहमतिको प्रयास थालिए पनि शनिबारसम्म मिल्न नसकेको समाचार आजको नागरिक दैनिकमा सुरेश यादवले लेखेका छन् ।
बैठक बस्न केही घन्टा बाँकी रहँदा दलहरुकै आग्रहमा ‘अर्को सूचना जारी नभएसम्मका लागि’ भन्दै सूचना टाँस गरी बैठक स्थगन गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…