धनुषाधाम संरक्षित वन विकास हेतु अन्तरक्रिया
वनको संरक्षण गरी घुम्ने लायक कसरी बनाउने भन्ने विषयमा जोड दिइएको छ ।

२०७६ भदौ ६ शुक्रबार, दिउँसो २:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधामस्थित रहेको धनुषाधाम संरक्षित वनलाई संरक्षण तथा विकास हेतु एकदिने अन्तरक्रिया गरिएको छ ।
पौराणिक धनुषाधाम संरक्षित वनलाई थप संरक्षण गरी विकसित गर्ने विषयमा एकदिने अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्यक्रमममा वनको संरक्षण गरी घुम्ने लायक कसरी बनाउने भन्ने विषयमा जोड दिइएको छ ।
कुल ३६० हेक्टर क्षेत्रफलमध्ये ३४० हेक्टर संरक्षित वन र २० हेक्टर राष्ट्रिय वन रहेको छ भने प्रति चौर २२४ र १२६ हेक्टर सिमासार क्षेत्र १८ हेक्टर रहेको छ । धनुषाधाम संरक्षित वन परिषद्का सचिव सत्यनारायाण यादवको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधि समेत सरिक थिए ।
कार्यक्रममा वन अधिकृत शंकर नारायाण झा, मिथिला वल्र्ड लाईफ ट्रष्टका अध्यक्ष देवनारायाण मण्डल, धनुषाधाम वडा ३ का वडाध्यक्ष राजकिशोर साह, वन समिति सदस्य एवं नेकपा जिल्ला सचिव दिपक यादव, समाजवादी पार्टीका नगर अध्यक्ष बिनोद यादव, मानव अधिकारकर्मी बिनोद महरा, सशस्त्र प्रहरी वेश क्याम्प सर्साका प्रहरी निरीक्षक हरिबहादुर साही, ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापा लगायतको सहभागिता थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…