धनुषाको दशर्निया एकेडमीलाई अन्तराष्ट्रिय अवार्ड
आन्तराष्ट्रिय पाठयक्रमको मापदण्ड अनुसार पठन–पाठन गराउन सफल भएपछि अन्तराष्ट्रिय विद्यालय अवार्डबाट पुरस्कृत गरिएको हो ।

२०७६ भदौ ६ शुक्रबार, बिहान ११:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका एक विद्यालय अन्तराष्ट्रिय विद्यालय पुरस्कार पाउन सफल भएको छ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित रहेको दशर्निया रामेश्वर सिंह कुशवाहा एकेडमी अन्तराष्ट्रिय विद्यालय पुरस्कार पाएको हो ।
यही भाद्र ३ गते काठमाण्डौं स्थित होटल याक एण्ड यतिमा भएको अन्तराष्ट्रिय विद्यालय पुरस्कार (२०१९–२०२२) कार्यक्रमबाट प्रदेश नं. २ का आठवटै जिल्लामध्ये क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित रहेको दशर्निया स्कुल पुरस्कृत भएको छ ।
उक्त पुरस्कार पाउनको लागी अन्तराष्ट्रिय पाठयक्रमको मापदण्ड अनुसार आफ्नो विद्यालयमा पठन–पाठन गरेको प्रमाण सहितको फोटो, भिडियो, प्रोजेक्टर द्धारा कक्षा संचालन गरेको प्रमाण, अन्तराष्ट्रिय विद्यालयसँग सहकार्य गरेको प्रमाण, आफ्नो देशभित्र सार्वजनिक विद्यालय सँग सहकार्य गरेको प्रमाण तथा २० प्रतिशत स्थानिय पाठयक्रममा अधारित शिक्षणको प्रमाण सहितको फाइल ब्रटिश काउन्सीलले तोकेको मितीमा बुझाउनु पर्ने हुन्छ ।
यी उल्लेखित प्रमाण पुरा भएपछि निर्णायक कमिटिद्धारा निधारित प्रकृया बमोजिम ठिक भएमा प्रत्येक वर्ष विद्यालयलाई तिन वषको लागी पुरस्कृत गरिन्छ । दशर्निया रामेश्वर सिंह कुशवाहा एकेडमी आफ्नो विद्यालयमा आन्तराष्ट्रिय पाठयक्रमको मापदण्ड अनुसार पठन–पाठन गराउन सफल भएपछि प्रदेश नं. २ मै अन्तराष्ट्रिय विद्यालय पुरस्कार पाउन सफल भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…