प्रदेश २ लोकसेवा आयोगको अध्यक्षमा यादव, कर्मचारी भर्ना चाँडै !
आयोगले प्रदेश २ का लागि आउँदो असोजसम्म करिब २ हजारसम्मको दरबन्दीका लागि विज्ञापन गर्ने बुझिएको छ ।

२०७६ भदौ ५ बिहीबार, बेलुकी ६:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेश लोकसेवा आयोग अध्यक्ष नियुक्त गरेका छन् । प्रदेश नं. २ को लोकसेवा आयोगको अध्यक्षमा सुरेन्द्र प्रसाद यादव नियुक्त भएका हुन् ।
मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको सिफारिस समितिले आज (विहीबार) प्रध्यापकसमेत रहेका यादवलाई अध्यक्षमा सिफारिस गरेको हो । समितिमा प्रदेशका सभामुख सहित प्रमुख प्रतिपक्षी दलका सांसदसमेत छन् ।
सिरहा निवासी यादव सिरहा क्याम्पसका सह–प्रध्यापक हुन् । अंग्रेजी विषयका प्रोफेसर रहेका यादवलाई अध्यक्षमा चयन गर्ने सिफारिस गरिएको प्रदेश नं. २ सरकारका मुख्य न्यायधिवक्ता दीपेन्द्र झाले जानकारी दिए ।
देश लोकसेवा आयोगको अध्यक्ष नियुक्तिसँगै आयोगले अब आफ्ना काम कारवाही अगाडि बढाउनेछ । आयोगले प्रदेश २ का लागि आउँदो असोजसम्म करिब २ हजारसम्मको दरबन्दीका लागि विज्ञापन गर्ने बुझिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…