कृष्ण जन्माष्टमीको दिन प्रदेश २ मा सार्वजनिक विदा
धुमधामसँग कृष्ण जन्माष्टमी मनाउन शुक्रबार प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

२०७६ भदौ ४ बुधबार, राति ८:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा कृष्ण जन्माष्टमीको अवसर पारेर सार्वजनिक विदा दिइएको छ ।
हिन्दु धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने गरिएको कृष्ण जन्माष्टमीको दिन भदौ ६ गते शुक्रबार प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । प्रदेश सरकारको क्यालेण्डरमा नै यस दिनलाई सार्वजनिक विदा भनेर उल्लेख गरिएको छ ।
धर्म संस्कृतिको सम्बद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको तथा सर्वधर्म समभावको नीति अवलम्बन गर्दै प्रदेश सरकार काम गरिरहेको मुख्यमन्त्री राउतले बताए । मुख्यमन्त्री राउतले कृष्ण जन्माष्टमी जस्तो महान पर्वमा संघीय सरकारले समेत विदा दिनुपर्ने बताउँदै यसका लागि आफूले पहल गर्ने पनि जनाए ।
धुमधामसँग कृष्ण जन्माष्टमी मनाउन शुक्रबार प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…