भारतीय विदेशमन्त्री एस जयशंकर र प्रम ओलीबीच भेटवार्ता
मधेशी, जनजाति लगायतका पिछडिएका वर्ग असन्तुष्ट रहेको भन्दै संविधान जारी नगर्न सुझाव दिन नेपाल आएका थिए ।

२०७६ भदौ ४ बुधबार, दिउँसो ३:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आजमात्रै नेपाल ओर्लेका विदेशमन्त्री जयशंकर बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । संयुक्त आयोगको बैठकमा बुधबार नेपाल भारत दुईपक्षीय सहयोग आदान प्रदानको साथै विभिन्न एजेण्डामा सहमति सहित हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । बैठक बुधबार र बिहीबार हुनेछ ।
भेटवार्ताका क्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायतका सरिक थिए ।
पूर्व भारतीय विदेश सचिव रहेका जयशंकरलाई मोदी २.० सरकारमा विदेशमन्त्रीको जिम्मेवारी दिइएको छ । उनी विदेश सचिव रहँदा नेपालमा संविधान घोषना हुन लागेका बेला मधेशी, जनजाति लगायतका पिछडिएका वर्ग असन्तुष्ट रहेको भन्दै संविधान जारी नगर्न सुझाव दिन नेपाल आएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…