रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न आदेश !
पत्रकार शालिकराम पुडासैनी मृत्यू घटनाबारे छानविनका लागि आज ५ दिन म्याद थप गरेको हो ।

२०७६ भदौ ३ मंगलबार, बेलुकी ६:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यू प्रकरणमा मुछिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न आदेश गरिएको छ ।
चितवन जिल्ला अदालतले घटनाबारे छानविनका लागि आज (मंगलबार) ५ दिन म्याद थप गरेको हो । जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले लामिछानेसहित पक्राउ तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिइएको छ ।
पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले रविसहित तीन जनालाई दोस्रो म्याद थपका लागि अदालतमा आज उपस्थित गराएको थियो । लामिछानेसहित रुकु कार्की (अस्मिता) र युवराज कँडेललाई शुक्रबार चितवन जिल्ला अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
आज फेरी म्याद थप गरिएसँगै उनीहरुलाई थप ५ दिन पुनः थुनामा राखिनेछ भने ५ दिनपछि फेरी अदालत लगिनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…