धनुषामा एक वडा कार्यालयको कम्प्युटर सहित रसिद समेत गायब
कागजीमा राजस्वको रसिद चोरी गरेपछि शंका झन बढेको हो ।

२०७६ भदौ १ आइतबार, राति ९:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक नगरपालिकाको वडा कार्यालयको जिन्सी सहित कागजातहरु चोरी भएको छ ।
जिल्लाको कमला नगरपालिकाको वडा नं. ४ वडा कार्यालयमा रहेको जिन्सी समानहरु चोरी भएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक एवम् ईन्चार्ज शंकर प्रसाद चौधरीले जनाए अनुसार वडा कार्यालयमा आईतबार विहान करिब ३ बजेको समयमा चोरी भएको हो ।
राजनीतिक रिसबीका कारण चोरी भएको आशंका गरिएपनि उक्त घटनाको अनुसन्धान थालिएको जानकारी उनले दिए । प्रहरीले जनाए अनुसार कुल ५५ हजार ४ सय रुपैयाँ मूल्य बराबरको चोरी भएको हो । नयाँ बनेको वडा कार्यालयको डेस्कटप कम्प्युटर, प्रिन्टर र १० हजारको राजस्व रसिद समेत चोरी गरिएको हो । विहान करिब ३ बजेको समयमा कार्यालयको ताला फुटाएर चोरी गरिएको जनाइएको छ ।
ताल्चा फुटाएर कार्यालयको अभिलेख राख्ने कम्प्युटर, प्रिन्टर र राजस्वको रसिद मात्र चोरी भएपछि राजनीतिक वा व्यक्तिगत रिसबीको कारण चोरी गरिएको अनुमान गरिएको छ । चोरी गर्नेले अन्य समाग्री त्यतिकै छाडेर तीनटा समान मात्र चोरी गरी लगेका छन् । कागजीमा राजस्वको रसिद चोरी गरेपछि शंका झन बढेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…