धरान हस्पिटलमा टेम्पोमाथि रुख ढल्दा जनकपुरका दुई घाईते !
जनकपुरका यादव दम्पतिलाई अहिले हस्पिटलको ईमेरजेन्सी वार्डमा उपचार भईरहेको छ ।

२०७६ साउन २३ बिहीबार, दिउँसो ३:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धरान । सुनसरीको धरान स्थित रहेको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा रुख ढल्दा दुई जना घाईते भएका छन् ।
धरानको वडा नं. १८ स्थित रहेको अस्पताल (घोपा क्याम्प) परिसरभित्र रहेको रुख अचानक ढल्दा जनकपुर उपमहानगरपालिका वडा नं. १४ मुजेलिया बस्ने २२ बर्षिय जीतेन्द्र यादव र उनकी २० बर्षिय श्रीमति अञ्जना देवी यादव रहेको अस्पताल श्रोतले जनाएको छ । हस्पिटलमा रोकि राखेको को २ ह ५५७५ नम्बरको टेम्पो उपर रुख ढलेको अस्पतालमा खटिएका प्रहरी हबल्दार विश्वानाथ यादवले जनाए ।

यादवका अनुसार, प्रतिष्ठानको तेस्रो भवन (बिलिङ काउन्टर ) अगाडीको पार्कीङको छेउमा रहेको सालको रुख ढल्दा टेम्पो पूर्ण रुपमा क्षतिग्रस्त भएको हो । रुख ढलेर घाईते भएका जनकपुरका यादव दम्पतिलाई अहिले हस्पिटलको ईमेरजेन्सी वार्डमा उपचार भईरहेको छ । अञ्जनाको टाउकोमा गम्भिर चोट लागेको छ भने जीतेन्द्रलाई समान्य चोट लागेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…