गर्भवति बुहारी हत्या आरोपमा सासु -सुरा पक्राउ !
यस घटना बारे अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

२०७६ साउन २२ बुधबार, बिहान ८:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । आफ्नै बुहारी (गर्भवति) लाई घाँटी थिचेर हत्या गरेको आरोपमा सासु ससुरालाई प्रहरीले पक्राउ गरेको छ ।
मँगलबार सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
आरोपितहरुले घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ५ गते राति ल्याउँदा पीडितको मृत्यु भइसकेको थियो ।
मृतकको घाँटीमा डोरीको निलडाम र शरीरमा चोटपटक लागेको देखेपछि मृतकका दाजु रामसेवक यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । मृतक तीन महीनाकी गर्भवती रहेकी थिइन् । यस घटना बारे अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…