धनुषा : मेयर र उपमेयर पक्षधरबीच झडप, ६ प्रहरी सहित ७ घाईते !
यस सन्दर्भमा मेयर मण्डल र उपमेयर झा सँग सम्पर्क भने हुन सकेनन् ।

२०७६ साउन २१ मंगलबार, बेलुकी ६:०९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मेयर र उपमेयरबीचको विवाद उग्र भएपछि दुई पक्षबीच झडप भएको छ ।
धनुषाको हँसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डल र उपमेयर रेणु झा पक्षधरबीच झडप हुँदा ७ जना घाईते भएका छन् । झडप नियन्त्रणको लागि गएका प्रहरी जवान समेत घाईते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार १ जना स्थानीय सहित ६ जना प्रहरी घाईते भएका छन् ।
नगरपालिकाको कार्यालय सार्नको लागि भएको विवाद उग्र लिएपछि मेयर मण्डल र उपमेयर झा पक्षधरबीच झडप भएको थियो । झडप नियन्त्रणको लागि गएको प्रहरी टोली उपर समेत दुवै तर्फबाट रोडाबाजी भएपछि झडप झन उग्र बनेको थियो । मेयर, उपमेयर पक्ष र प्रहरीबीच झडप हुँदा ६ जना प्रहरी समेत घाईते भएको जनाउँदै यस घटना बारे थप जानकारी आउन बाँकी रहेको बताइएको छ ।
पुरानो नगरपालिकाको कार्यालय बघचौडाबाट नयाँ नगरपालिकाको कार्यालयमा आवश्यक कागजातहरु तथा फर्निचरहरु ल्याउन मेयरले ट्राक्टर पठाएपछि उपमेयर पक्षधरले प्रतिकार गरेका थिए । त्यसपछि दुवै तर्फबाट भनाभन सहित विवादमा परिणत हुँदै उग्र भएको जनाइएको छ । अवस्था उग्र भएपछि खवर पाए लगत्तै थप प्रहरी टोली गएर नियन्त्रणमा लागेको थियो । कागजातहरु ल्याउन मेयर मण्डलले पठाएको ट्रयाक्टरसँगै केही प्रहरी जवान समेत गएका थिए । अवस्था जटिल बनेपछि मात्र थप प्रहरी बोलाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उक्त झडपमा परी स्थानीय एक जना सहित ६ जना प्रहरी घाईते भएको बताएपनि नाम भने अहिले नआएको धनुषा प्रहरी सँचारबाट जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवम डिएसपी रामेश्वर कार्की सहित एपसी शेखर खनालको टोली समेत घटनास्थल पुगेकोले थप जानकारी प्राप्त भने हुन सकेको छैन । प्रहरी प्रवक्ता कार्कीका अनुसार झडप केही घण्टा निरन्तर चलेपनि अहिले स्थिति नियन्त्रणमा रहेको छ ।
मेयरले नगरपालिकाको कार्यालय बेल्ही चोकमा ल्याएर सँचालन गरेका छन् भने उपमेयर भने पुरानो कार्यालय बसेर अडान कसेकी छिन् । नगरपालिकाको केन्द्र विवादले गर्दा झडपको स्थिति सृजना भएको बताइएको छ । यस बारे थप जानकारी भने आउन बाँकी रहेको छ । यस सन्दर्भमा मेयर मण्डल र उपमेयर झा सँग सम्पर्क भने हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…