दुग्धेश्वर महादेव मन्दिरको रेलिंग भत्किदा १२ कावरियाँ घाईते
घाईतेहरुको पहिचान भने खुल्न बाँकी रहेको छ ।

२०७६ साउन २० सोमबार, बेलुकी ६:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । पर्साको दुग्धेश्वर महादेव मन्दिरको रेलिङ भत्किँदा १२ जना घाईते भएका छन् ।
पर्सा राष्ट्रिय निकुञ्जको मध्येभागमा पर्ने दुग्धेश्वर महादेव मन्दिर ‘रामभौरी भाठा’मा बनाईएको रेलिङ भत्किँदा मन्दिरमा जल चढाउन गएका तिर्थालुहरु घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक आशिस अधिकारीले जानकारी दिए ।
हरेक बर्ष साउन महिनामा दुग्धेश्वर महादेव मन्दिरमा जल चढाउन नेपाल तथा भारतबाट दैनिक हजारौँ श्रद्धालुहरु आउने गर्दछन् । घाईते हुनेहरुको पहिचान खुल्न नसकेको प्रहरीले बताएको छ । उनिहरु मध्ये दुईको वीरगञ्जमा र अन्यको स्थानिय स्वास्थ्य संस्थाहरुमा उपचार भैरहेको छ ।
वर्षमा तीन पटक सम्म मेला लाग्ने दुग्धेश्वर महादेव मन्दिरको रेलिँग सोमबार नाग पञ्चमी पनि परेको हुनाले भक्तजनहरुको अत्याधिक भिडका कारण भर्याङको रेलिङ भत्किएको हुन सक्ने अनुमान गरिएको छ । घाईतेहरुको पहिचान भने खुल्न बाँकी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…