अग्नी पीडितको साहारा बने युवा नेता 'साह'
जितेर गएका जनप्रतिनिधि सँग बजेट छ, आफ्नो खाली हात छ र पनि सकेको जति तत्काल सहयोग गरेको नेता साहले बताए ।

२०७६ साउन १४ मंगलबार, बिहान ९:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहट सदरमुकाम समेत रहेको गौर नगरपालिका वडा न ६ का स्थानीय रोज मोहम्मदको घर आगो लागि जलेर नस्ट सिङो परिवार नै बिचल्लिमा परेको छ ।
आइतबार अबेर राती आगलागी बाट घरको अन्न लत्ताकपडा ,नगद ,फर्निचर ,पशुचौपाया समेत जलेर नस्ट बर्खायाममा गरिब परिवारको खुसी एक्कासि उडेको हो ।हाल पीडित परिवारलाई तत्काल राहतको आवश्यकता परेपनी स्थानीय नेताहरुबाट आसवासन बाड्ने काम मात्र भएपछि पीडित परिवारलाई थप चीन्ताले सताउन थालेको छ ।
निर्वाचित जनप्रतिनिधिले केही गर्न नसकेपनि गौर नगरपालिकाको मेयर प्रत्यासी शम्भु साहले पीडितको घाउमा मलहम लगाउने प्रयास गरेका छ । नेकपाका प्रदेश सदस्य समेत रहेका साहले पीडितको दुखमा साहारा बनेका हुन । महमद परिवारलाई त्रिपाल १ थान, साडी ४ थान , चावल २५ किलो दाल ५ किलो चाउचाउ १ कार्टून, बाल्टी र जग १ थान तत्काल सहयोग गरेको पीडितले जनाए ।
जितेर गएका जनप्रतिनिधि सँग बजेट छ, आफ्नो खाली हात छ र पनि सकेको जति तत्काल सहयोग गरेको नेता साहले बताए । उनले पीडितको घर निर्माणका लागि पहल थाल्ने बताउँदै सहयोगि सबैलाई पीडितलाई राहत दिन अपिल समेत गरे।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…