मधेशका मुख्यमन्त्री राउत प्रधानमन्त्री ओली निवासमा
भिषण वर्षा र विनाशकारी बाढीबाट प्रदेश २ मा भएको क्षतिको अवस्थाबारे बुझ्न अन्य मन्त्रीहरु आएपनि प्रधानमन्त्री ओली भने अहिलेसम्म आएका छैनन् ।

२०७६ साउन १२ आइतबार, दिउँसो १:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भीषण वर्षा र विनाशकारी बाढीबाट प्रदेश नं. २ मा भएको क्षतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका छन् ।
प्रदेश २ का बाढी पीडितहरुका लागि सहयोग जुटाउने उद्देश्यले काठमाडौं पुगेका मुख्यमन्त्री सहितका सर्वदलिय टोलीले सम्बन्धित पक्षसहित प्रधानमन्त्री केपी शर्मा ओली समक्ष भेटेर प्रदेश २ का बाढी पीडितको समस्या राखेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आईतबार भएको भेटघाटमा मुख्यमन्त्री राउतले गत असार २७ गते आएको भीषण बाढीबाट प्रदेश नं. २ मा सार्वजनिक र नीजि गरी अरबौ रुपैया बराबारको क्षति भएको तथा ३७ जना भन्दा बढीको मृत्यू भएको एवं हजारांै परिवार घरबार विहीन भएको जानकारी गराए ।
मुख्यमन्त्री राउतले बाढीबाट भएको क्षतिको परिपूर्ति प्रदेश सरकारको बुता भन्दा बाहिर रहेको भन्दै विस्थापितहरुको पुनर्वास र पुनर्निमाणको लागि संघीय सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् । भेटमा मुख्यमन्त्री राउतले विस्थापित परिवारहरुको पुनर्वास, नदी नियन्त्रण र सडक मर्मत माथि विशेष जोड दिन दिए ।
प्रदेश २ को क्षतिबारे मुख्यमन्त्रीको जानकारी र आग्रहपछि जवावमा प्रधानमन्त्री ओलीले केही दिन भित्रै आफूपनि बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने र आवश्यक सहयोग गर्ने आश्वासन दिए । भिषण वर्षा र विनाशकारी बाढीबाट प्रदेश २ मा भएको क्षतिको अवस्थाबारे बुझ्न अन्य मन्त्रीहरु आएपनि प्रधानमन्त्री ओली भने अहिलेसम्म आएका छैनन् ।
भेटघाटमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव, प्रदेश २ का सर्वदलिय टोलीमा मुख्यमन्त्री राउत सहित भौतिक, पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेस संसदीय दलका नेता राम सरोज यादव सहितका सहभागी थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…